Kathmandu Press

महिला हिंसा नियन्त्रण गर्न माग

सांसद सुशीला थिङले सिन्धुलीको गोलञ्जोरमा आएको बाढी पहिरोका कारण ठूलो क्षति पुगेको भन्दै स्थानीय तीनमाने र भालुखोलामा जोखिममा बढेको बताए। उनले पीडित परिवारलाई राहतको प्रबन्ध गर्न माग गरिन्।
महिला हिंसा नियन्त्रण गर्न माग

काठमाडाैं, असार १० : प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले देशव्यापीरूपमा महिलामाथि हत्या हिंसाका घटनामा वृद्धि भएको भन्दै दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।

बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसद प्रतीक्षा तिवारीले गरिबी, कानुनी सचेतनाको अभावका कारण महिला हिंसा बढेको भन्दै काभ्रेपलाञ्चोकमा एक महिलाको हत्या भएको, भोजपुरमा पनि त्यस्तै गरेर महिलाको हत्या भएको बताइन्। उनले दिनदिनै यस्तै घटना घटिरहेको उल्लेख गर्दै महिला हिंसा नियन्त्रण गर्न र दोषीमाथि कडा कारबाहीको माग गरिन्।

सांसद सुशीला थिङले सिन्धुलीको गोलञ्जोरमा आएको बाढी पहिरोका कारण ठूलो क्षति पुगेको भन्दै स्थानीय तीनमाने र भालुखोलामा जोखिममा बढेको बताए। उनले पीडित परिवारलाई राहतको प्रबन्ध गर्न माग गरिन्।

सांसद देवेन्द्र पौडेलले बाग्लुङको ढोरपाटनमा चट्याङका कारण जनधनको क्षति भएको, सवारी दुर्घटनामा पनि त्यस्तै क्षति भएको बताउँदै आकस्मिक घटना र दैविक प्रकोपपीडितलाई राहतको प्रबन्ध गर्न माग गरे।

सांसद शिव नेपालीले प्राकृतिक विपत्तिबाट जोगिन नागरिकलाई नै सचेत बनाउनुपर्ने आवश्यकता औँल्याए। पछिल्लोपटक दाङमा चट्याङका कारण तीन जनाको ज्यान गएको र देशका अन्य स्थानमा पनि नागरिकको ज्यान गएको भन्दै क्षति न्यूनीकरण गर्न  आवश्यक प्रबन्धको माग गरे।

प्रकाशित मिति: १२:२१ बजे, आइतबार, असार १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्