प्रतिनिधिसभा बैठक बस्दै, मन्त्रीहरूले जवाफ दिने
विनियोजन विधेयक, २०८० अन्तर्गत मन्त्रालयका विभिन्न शीर्षकहरूमाथिको छलफलका क्रममा उठाइएका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने सम्भावित कार्यसूची छ ।
काठमाडौं, असार १० : प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दोस्रो अधिवेशनको ३४औँ बैठक बस्न लागेको हो । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बिहान १० बजे बस्नेगरी बैठक आह्वान गरिएको छ । बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहनेछ ।
विनियोजन विधेयक, २०८० अन्तर्गत मन्त्रालयका विभिन्न शीर्षकहरूमाथिको छलफलका क्रममा उठाइएका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने सम्भावित कार्यसूची छ ।
बैठकमा गृह मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, सहरी विकास मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमाथिका प्रश्नहरूको जवाफ दिइने संसद् सचिवालयले जनाएको छ ।
प्रकाशित मिति: ०७:५१ बजे, आइतबार, असार १०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार