Kathmandu Press

जसपाद्वारा पाँच केन्द्रीय सदस्य निष्कासित 

काठमाडौंमा बसेको पार्टीको केन्द्रीय समितिको बैठकले शनिबार केन्द्रीय सदस्यहरु दीपेन्द्र नेम्बाङ, देउकुमार नेम्बाङ, महेन्द्र चौधरी, मनोेरञ्जन गोइत र धर्मेन्द्र मरवैतालाई पार्टी सदस्यबाट निष्कासन गर्ने निर्णय गरेको हो।
जसपाद्वारा पाँच केन्द्रीय सदस्य निष्कासित 

काठमाडाैं, असार ९ : चुनावमा अन्तर्घात गरेको आरोपमा जनता समाजवादी पार्टी (जसपा) ले पाँच जना केन्द्रीय सदस्यलाई कारबाही गरेको छ।

काठमाडौंमा बसेको पार्टीको केन्द्रीय समितिको बैठकले शनिबार केन्द्रीय सदस्यहरु दीपेन्द्र नेम्बाङ, देउकुमार नेम्बाङ, महेन्द्र चौधरी, मनोेरञ्जन गोइत र धर्मेन्द्र मरवैतालाई पार्टी सदस्यबाट निष्कासन गर्ने निर्णय गरेको हो।

यसअघि छानबिनका लागि समिति बनाइएको थियो। प्रतिवेदनको सिफारिस अनुसार केन्द्रीय सदस्यबाट निष्कासन गरिएको हो। 

जसपा बैठकले नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सम्मिलित समाजवादी मोर्चालाई अनुमोदन समेत गरेको छ।

यस्तै, जसपाको केन्द्रीय समिति बैठकले पार्टीको विधान मस्यौदालाई अनुमोदन गरेको छ। विधानको मस्यौदा आइतबारदेखि काठमाडौंमा सुरु हुने विधान अधिवेशनमा प्रस्तुत हुने छ।
 
प्रकाशित मिति: १८:३१ बजे, शनिबार, असार ९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्