Kathmandu Press

न्यायाधीश नियुक्तिका लागि न्याय परिषद बैठक डाकियो 

नवनियुक्त प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको निर्देशन अनुरुप परिषद वैठक डाकिएको परिषद स्रोतले जनाएको छ।
न्यायाधीश नियुक्तिका लागि न्याय परिषद बैठक डाकियो 

काठमाडौं, असार ९ : लामो समयपछि उच्च अदालतमा रिक्त न्यायाधीश नियुक्तिको लागि सोमबार न्याय परिषदको वैठक डाकिएको छ। देशभरका उच्च अदालतमा लामो समयदेखि ४२ न्यायाधीश र मुख्य न्यायाधीश पद रिक्त रहेको छ।

नवनियुक्त प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको निर्देशन अनुरुप परिषद वैठक डाकिएको परिषद स्रोतले जनाएको छ। अदालतमा न्यायाधीश सिफारिस नहुँदा न्याय संपादन प्रभावित भइरहेको छ। उच्च अदालतमा नियुक्तिपछि जिल्ला र सर्वोच्चमा पनि नियुक्त गरिने भएको छ।

उच्च अदालतमा ६ जना मुख्य न्यायाधीश पद रिक्त छ। ‘सोमवारका लागि निर्देशानुसार परिषद वैठक डाकिएको छ। उच्चमा न्यायाधीश नियुक्तिको एजेण्डा छ,’ परिषद स्रोतले काठमाडौं प्रेशलाई भन्यो, ‘समस्या हेरेर पहिले उच्चलाई प्राथमिकतामा राखिएको छ।’ 

जिल्ला अदालतमा भने लोक सेवाको परीक्षामार्फत नियुक्ति गरिने छ। जिल्ला न्यायाधीश, नेपाल बार एसोसिएसन, सरकारी वकिल, कानुन समूह, न्याय समूह सबैलाई ध्यानमा राखेर न्यायाधीश सिफारिस गर्ने तयारी छ।

मुख्य न्यायाधीशको बिषयमा पनि सोमबार छलफल हुने जनाइएको छ। उच्च अदालतहरु यतिबेला कामु मुख्य न्यायाधीशको भरमा छन्। यता सर्वोच्च अदालतमा ६ जना न्यायाधीश पद रिक्त छन्। पहिले उच्चमा मुख्य न्यायाधीशको टुंगो लगाएर तिनै मध्येबाट सर्वोच्चमा ल्याउने तयारीमा परिषद छ। 
 

प्रकाशित मिति: १७:५५ बजे, शनिबार, असार ९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्