प्रदेश मामिला समितिका सभापति खड्का सवार गाडी दुर्घटनामा
नेकपा एकीकृत समाजवादीकी सांसद रहेकी खड्का सवार कर्णाली प्रदेश ०२–००१ झ ००४४ नम्बरको गाडी रुकुम पश्चिमको चौरजहारी नगरपालिका–३ घारीपाखामा दुर्घटनामा परेको हो।
सुर्खेत, असार ९ : कर्णाली प्रदेश सभा प्रदेश मामिला समितिका सभापति कल्याणी खड्का सवार गाडी दुर्घटनामा परेको छ।
नेकपा एकीकृत समाजवादीकी सांसद रहेकी खड्का सवार कर्णाली प्रदेश ०२–००१ झ ००४४ नम्बरको गाडी रुकुम पश्चिमको चौरजहारी नगरपालिका–३ घारीपाखामा दुर्घटनामा परेको हो। प्रहरीका अनुसार दुर्घटनामा सांसद खड्कासहित नौ जना घाइते भएका छन्।
चौरजहारी बजारबाट कोटजहारी जाँदै गर्दा गाडी अनियन्त्रित भई सडकबाट ४ मिटर तल खसेर उत्तानो परेको थियो।
घाइते हुनेमा खड्कासहित चौरजहारी नगरपालिका–७ का २७ वर्षीय हुकुम विसी, ५५ वर्षीय ललिता गुरुङ, ४१ वर्षीय विनिता गुरुङ, ५५ वर्षीय सुगन्धा मल्ल, ५१ वर्षीय सिता विक, ५७ वर्षीय मदन खड्का, ३९ वर्षीय युवराज गिरी र ३५ वर्षीय नैनसरा विक रहेका छन्।
घाइतेहरुको मिसन अस्पताल चौरजहारीमा उपचार भइरहेको पनि प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १७:४८ बजे, शनिबार, असार ९, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











