Kathmandu Press

‘अविरल जनसाहित्य यात्रा’ मा मालीका दर्जन कविता

श्रम, सीप, सामाजिक न्याय, पिछडिएका विषय र पात्रलाई केन्द्रित गरेर लेख्ने कवि मालीले ‘आमा तिम्रो नाम के हो?’, ‘नँछे गल्ली’ ‘हली र मैँसाबको वार्ता’, ‘सुनचरी’, ‘छाता’, ‘सिमलको टिम्बा’, ‘मनमाया’, ‘मेरी छोरी’, ‘सुनुमाया’, ‘रानीपोखरी’, ‘बाँसघारी’ र ‘एकलव्य’ कविता प्रस्तुत गरेकी थिइन्।
‘अविरल जनसाहित्य यात्रा’ मा मालीका दर्जन कविता

काठमाडाैं, असार ९ : राष्ट्रिय जनसाहित्यिक सङ्घ नेपालको मासिक ‘अविरल जनसाहित्य यात्रा’ को ८०औँ शृङ्खलामा आज प्रगतिशील कवि लक्ष्मी मालीका एक दर्जन कविता प्रस्तुत भएका छन्।

श्रम, सीप, सामाजिक न्याय, पिछडिएका विषय र पात्रलाई केन्द्रित गरेर लेख्ने कवि मालीले ‘आमा तिम्रो नाम के हो?’, ‘नँछे गल्ली’ ‘हली र मैँसाबको वार्ता’, ‘सुनचरी’, ‘छाता’, ‘सिमलको टिम्बा’, ‘मनमाया’, ‘मेरी छोरी’, ‘सुनुमाया’, ‘रानीपोखरी’, ‘बाँसघारी’ र ‘एकलव्य’ कविता प्रस्तुत गरेकी थिइन्।

Hardik ivf

उनलाई वाचनमा कविहरू नमूना शर्मा, डम्बर पहाडी, नन्दु उप्रेती, अनिता लामा र अस्मिता मालीले सघाएका थिए। कवि लक्ष्मी माली नेपाल प्रज्ञा–प्रतिष्ठानका निवर्तमान प्राज्ञ परिषद् सदस्य हुन्।

कार्यक्रममा एमालेका स्थायी कमिटी सदस्य एवं प्रतिनिधिसभाका पूर्वउपसभामुख डा शिवमाया तुम्बाहाङ्फेले सामाजिक न्याय, समानता र समताका लागि राजनीतिकर्मी र साहित्यकारहरूले आफ्नो क्षेत्रबाट निरन्तर लाग्नुपर्नेमा जोड दिँदै मालीका कविताले त्यसतर्फ प्रेरित गर्ने बताइन्।

वाचित कवितामाथि समीक्षा गर्दै वरिष्ठ साहित्यकार श्यामल अधिकारीले कविता लेखनमा वरिपरिका र सामान्य विषयवस्तु उठाएर पनि सशक्त विचार प्रवाह गर्न सकिन्छ भन्ने उदाहरण कवि माली बनेको टिप्पणी गरे।

राष्ट्रिय जनसांस्कृतिक महासङ्घ नेपालका अध्यक्ष प्रेमनाथ अधिकारीले सांस्कृतिक क्षेत्रका विविध विधामा नियमित गतिविधि सञ्चालन गर्दै प्रगतिशील आन्दोलनमा सघाउन आग्रह गरे। सङ्घका अध्यक्ष राम विनयले प्रगतिशील स्रष्टाहरूलाई मञ्च प्रदान गर्न र सिर्जनामाथि विमर्श गर्न अवरिल जनसाहित्य यात्राले भूमिका निर्वाह गर्दै आएको जनाए।

प्रकाशित मिति: १७:३० बजे, शनिबार, असार ९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्