Kathmandu Press

विप्लवका कार्यकर्ताले भैरहवामा घेरे मिटरब्याजीकाे आरोप लागेका बानियाँको घर

विप्लवका कार्यकर्ताले भैरहवामा घेरे मिटरब्याजीकाे आरोप लागेका बानियाँको घर

बुटवल, असार ९ : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकर्ताले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–५ भैरहवास्थित मिलनचोक निवासी रमानन्द बानियाँको घर घेरेका छन्। 

मिटरब्याजी पीडितहरुको आग्रहमा शनिबार  बानियाँको घर घेराउ गरएिको हो। घर घेर्ने क्रममा मिटरब्याजी पीडितको समेत उपस्थिति रहेको नेकपाका नेताहरूले बताएका छन्।

बानियाँमाथि मिटरब्याज चलाएको आरोप छ। उनले ठगी गरेको भन्दै ६२ जनाले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन्। प्रशासनले उजुरीप्रति बेवास्ता गरेपछि विप्लव नेतृत्वको नेकपामा लिखित उजुरी दिएको मिटरब्याजी पीडितहरुको भनाइ छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले मिटर ब्याज पीडितहरुको उजुरी परेको र अनुसन्धान भइरहेको जानकारी दिएको छ।

प्रकाशित मिति: १५:२३ बजे, शनिबार, असार ९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्