गठबन्धन ठीक ढंगले अघि नबढे बदलिन सक्छ : गगन थापा
शनिबार नेपाली कांग्रेस काठमाडौं क्षेत्र नंवर ४ प्रथम क्षेत्रिय सम्मेलनमा बोल्दै थापाले निर्वाचनपछि सरकार बनाउनका लागि गठबन्धन बन्नु स्वभाविक भए पनि निर्वाचन अघि नै अर्को दलको सरकार बन्ला भनेर गठबन्धन गर्नु कांग्रेसको गलत कदम भएको बताएका हुन्।
काठमाडाैं, असार ९ : नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले अर्को दलको सरकार बन्ला भनेर निर्वाचनअघि नै गठबन्धन गर्नु कांग्रेसको गलत कदम भएको बताएका छन्।
शनिबार नेपाली कांग्रेस काठमाडौं क्षेत्र नंवर ४ प्रथम क्षेत्रिय सम्मेलनमा बोल्दै थापाले निर्वाचनपछि सरकार बनाउनका लागि गठबन्धन बन्नु स्वभाविक भए पनि निर्वाचन अघि नै अर्को दलको सरकार बन्ला भनेर गठबन्धन गर्नु कांग्रेसको गलत कदम भएको बताएका हुन्।
कांग्रेसको गलत कदम कै कारण अहिले पार्टी सत्ताका लागि जे पनि गर्ने र सत्ता प्रिय भन्ने छवि समाजमा बनेको उनले बताए।
सत्ता गठबन्धनलाई धेरै महत्व दिने गरेको भन्दै थापाले गठबन्धन ठीक ढंगले अघि नवढे बदल्न कांग्रेस तयार हुनुपर्ने उनको भनाइ छ। थापाले समाजवादी मोर्चामा सवै कम्युनिष्ट थपिएपछि आगामी निर्वाचनमा कांग्रेस एक्लै लड्नुपर्ने जिकिर गरे।
उहाले अहिले कांग्रेसले काम गर्न म्याण्डेड दिदा पनि कांग्रेसले सहि ढंगले काम गर्न नसकेको बताए। गठबन्धन बन्नुको प्रमुख कारण अहिलेको मिश्रित निर्वाचन प्रणाली रहेकाले संसदलाई समावेशी बनाउने अन्य उपाय अपनाएर भए पनि निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्ने उनले बताए।
त्यस्तै थापाले कांग्रेस प्रगतिशिल शक्ति भएकाले प्रतिक्रिया भन्दा पनि जनतालाई बाटो देखाउने काममा क्रियाशील हुनुपर्नेमा जोड दिए।