Kathmandu Press

आफू र रास्वपा नेताहरूमाथि भ्रम छर्ने काम भइरहेको छ : रवि लामिछाने

शनिबार काठमाडौंमा धादिङ काठमाडौं सम्पर्क विभाग गठन कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले रास्वपा बलियो भएर अघि बढ्ने देखिएपछि काम नगर्ने र कुरा मात्रै गर्ने भनेर आफू र पार्टीका नेताहरुमाथि भ्रम छर्ने काम भइरहेको बताएका हुन्।
आफू र रास्वपा नेताहरूमाथि भ्रम छर्ने काम भइरहेको छ : रवि लामिछाने

काठमाडाैं, असार ९ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू र पार्टीका नेताहरुमाथि भ्रम छर्ने काम भइरहेको बताएका छन्।

शनिबार काठमाडौंमा धादिङ काठमाडौं सम्पर्क विभाग गठन कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले रास्वपा बलियो भएर अघि बढ्ने देखिएपछि काम नगर्ने र कुरा मात्रै गर्ने भनेर आफू र पार्टीका नेताहरुमाथि भ्रम छर्ने काम भइरहेको बताएका हुन्।

उनले आफु र पार्टीले विभिन्न समयमा धेरै काम गरेको भन्दै ८४ को निर्वाचनमा एकएक हिसाब लिएर जनतामाझ जाने जिकिर गरे।

नागरिकका मुद्दाहरुमा दरो उपस्थिति आफैमा गहन कुरा भएकाले पाँच वर्षको हिसाव व्याजसहित जनतालाई देखाउने उनको भनाइ छ।

उनले संस्थागत रुपमा नै भिन्न ढंगले नयाँहरुलाई भिडाउने कामले कसैलाई फाइदा नहुने धारणा राखे। नयाँ राजनीतिक दलका रुपमा आएका र पुराना दलमा राम्रा काम गरिरहेका नेताहरुमाथि आफुहरुको कुनै लडाइँ नरहेको उनले स्पष्ट पारे।

उनले आफूहरुको साझा शत्रु भ्रष्टाचार भएकाले त्यसका लागि लडिरहेको जिकिर गरे। 

प्रकाशित मिति: १३:३२ बजे, शनिबार, असार ९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्