Kathmandu Press

रहेनन् कांग्रेस सिन्धुपाल्चोकका  पूर्वसभापति लामा

लामो समयदेखि ‘क्यान्सर’ पीडित ६४ वर्षीय लामाको उपचारको क्रममा गए राति १२.४५ बजे वीर अस्पतालमा  निधन भएको कांग्रेस सिन्धुपाल्चोकका सभापति जंगबहादुर तामाङले जानकारी दिए।
रहेनन् कांग्रेस सिन्धुपाल्चोकका  पूर्वसभापति लामा

सिन्धुपाल्चोक, असार ९ : नेपाली कांग्रेस सिन्धुपाल्चोकका निवर्तमान सभापति विकास लामाको निधन भएको छ।

लामो समयदेखि ‘क्यान्सर’ पीडित ६४ वर्षीय लामाको उपचारको क्रममा गए राति १२.४५ बजे वीर अस्पतालमा  निधन भएको कांग्रेस सिन्धुपाल्चोकका सभापति जंगबहादुर तामाङले जानकारी दिए।

कांग्रेसमा सादगी नेताको रुपमा परिचित लामा कांग्रेसको १४ औँ महाधिवेशनमा सहमहामन्त्री पदका उम्मेदवार थिए। लामाको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि आज दिनभर काठमाडौँ बौद्ध तिनचुलीस्थित ह्योल्मो गुम्बामा राखिने र आइतबार दाहसंस्कार गरिने पारिवारिक स्रोतले बताएको छ।

लामाको दुई छोरा र चार छोरी छन्। विद्यार्थीकाल देखिनै कांग्रेसको राजनितिमा सक्रिय भूमिका निर्वाह गर्दै आएका  लामा १३औँ महाधिवेशनमा कांग्रेस सिन्धुपाल्चोकको सभापतिमा निर्वाचित हुनुभएको थियो।

उनी दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेसको तर्फबाट प्रत्यासी थिए। 

प्रकाशित मिति: १२:२१ बजे, शनिबार, असार ९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्