प्रवासी गायक छन्त्याललाई गाउँको मायाले सताएपछि ...(भिडियो)
हालसालै सार्बजनिक गरिएको गीतमा छन्त्याललाई गायिका शर्मिला श्रेष्ठले स्वरमा साथ दिएकी छिन् । छन्त्यालले शहरमा पसेर दुख पायर पछुताउने गरेको यथार्थ परिस्थीतिलाई गीतमा उतारेका छन् ।
काठमाडौं, असार ९ : लोकगायक युवराज छन्त्यालले गाउँको माया लाग्छ बोलको गीत सार्बजनिक गरेका छन् । छन्त्यालले आफ्नै लय, शब्द र स्वरमा आफ्नो नयाँ गीत गाउँको माया लाग्छ बोलको गीत सार्बजनिक गरेका हुन् ।
हालसालै सार्बजनिक गरिएको गीतमा छन्त्याललाई गायिका शर्मिला श्रेष्ठले स्वरमा साथ दिएकी छिन् । छन्त्यालले शहरमा पसेर दुख पायर पछुताउने गरेको यथार्थ परिस्थीतिलाई गीतमा उतारेका छन् । उनले गीतमार्फत गाउँ सबै हिसाबले बस्न र रमाउनका लागि उत्तम भएको सन्देश समेत दिएका छन् ।
भिडियोमा युविन ढुंगाना, पवित्रा पुन र विनोद महतो लगायतको अभिनय देख्न सकिन्छ । आफ्नै युटुब च्यानलबाट गायक छन्त्यालले उक्त गीत सार्बजनिक गरेका हुन् ।
लामो समयदेखि रोजगारीको सिलसिलामा प्रवासमा रहेका छन्त्यालले लोकगीत संगीतलाई माया गर्ने सर्जकमा पर्दछन् । केहि समयअगाडी मात्र छन्त्यालले नाच्न मन लाग्छ बोलको गीत सार्बजनिक गरेका थिए ।
छन्त्यालका चाइना तिर जाम, लास्टै टेन्सन भो बाजा बजाउदै लगायतका गीत चर्चामा छन् ।












