उपप्राध्यापक चलाउनेको अनसन तोडियो
पाँच दिनदेखि त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालय अगाडि अनसन बस्दै आएका चलाउनेलाई चितवनकी होमकुमारी बरालले लाई दही खुवाएर अनसन तोडाएकी हुन्।
काठमाडौं, असार ८ : त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले आमरण अनसन तोडेका छन्।
पाँच दिनदेखि त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालय अगाडि अनसन बस्दै आएका चलाउनेलाई चितवनकी होमकुमारी बरालले लाई दही खुवाएर अनसन तोडाएकी हुन्।
मन्त्रिपरिषद् बैठकले चलाउनेलाई आक्रमण गर्ने नेपाल विद्यार्थी सङ्घका कार्यकर्ता विरुद्धको मुद्दा फिर्ता लिने निर्णय गरेपछि चलाउने त्यसको विरोधमा अनसन बसेका थिए।
चलाउनेमाथि कुटपिट हुँदा त्यतिबेला होमकुमारी बरालले नै बचाएकी थिइन्। उनी आजै चितवनबाट काठमाडौं आउएकी थिइन्।
सर्वोच्च अदालतले बिहीबार चलाउनेमाथि आक्रमण गर्नेहरु विरुद्धको मुद्दा फिर्ता लिने निर्णय कार्यान्वयन नगरी यथास्थितिमा राख्नु भनी आदेश दिएपछि उनले अनसन स्थगित गरेका हुन्।
प्रकाशित मिति: २१:१४ बजे, शुक्रबार, असार ८, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार