Kathmandu Press

सरकार परिवर्तन गर्ने चलखेल भयो: अध्यक्ष नेपाल

सरकार परिवर्तन गर्ने चलखेल भयो: अध्यक्ष नेपाल

काठमाडौं, असार ८ः नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रतिपक्ष दल सरकार परिवर्तन गर्ने चलखेलमा लागेको आरोप लगाएका छन् । वर्तमान सरकारलाई हटाएर नयाँ सरकार बनाउन एमाले आक्रामक तवरले लागेको उनको टिप्पणी थियो । 

पार्टीको सम्पर्क विभागले  आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो प्रतिक्रिया दिएका हुन् । 'समाजवादी र कम्युनिष्ट शक्तिलाई एकताबद्ध बनाउनुपर्नेमा सरकार परिवर्तन गर्ने चलखेल गरिरहेका छन्, ठूलो पार्टीले समाजवादी शक्तिलाई एकताबद्ध बनाउन चाहेन, उसले अहिले पनि दललाई प्रभावित पार्न खोजेको छ,' उनले भने ।

अध्यक्ष नेपालले समाजवादी शक्तिलाई एकताबद्ध बनाउने पहल आफूहरूले गर्दा एमालेलाई छटपटी भइरहेको दाबी गरे । उनले भने, 'एउटा कम्युनिष्ट पार्टीका नेतालाई समाजवादी शक्ति बनाउँदा छटपटी भइरहेको छ ।'

उनले  समाजवादी मोर्चाको नेतृत्व आफूले गरेको र आफ्नो पार्टीको अस्तित्व तथा शक्तिलाई सबैले स्वीकार गरेको दाबी गर्दै एकीकृत समाजवादीले नै अबको नेतृत्व गर्ने भन्दै प्रतिगमनको दिशामा गएको राजनीतिको कोर्ष आफूले नै बदलेको दाबी गरे ।

प्रकाशित मिति: २०:४० बजे, शुक्रबार, असार ८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्