प्रधानमन्त्रीको सचिवालयलाई ‘कवाडीखाना’ भन्दै सांसद पाण्डेको आलोचना
प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा बोल्दै सांसद पाण्डेले सांसदले गरेको प्रश्नको उत्तरसम्म तयार गरिदिन नसक्ने सचिवालय अर्थहिन रहेको बताए।
काठमाडौं, असार ८ : सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्रप्रसाद पाण्डेले प्रधानमन्त्री पुष्पकमल दाहालको सचिवालय विघटन गर्न माग गरेका छन्।
प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा बोल्दै सांसद पाण्डेले सांसदले गरेको प्रश्नको उत्तरसम्म तयार गरिदिन नसक्ने सचिवालय अर्थहिन रहेको बताए।
प्रश्नोत्तर कार्यक्रममा बोल्दै संसदमा बोल्दै पाण्डेले भने, ‘सम्माननीय प्रधानमन्त्रीले उत्तर दिँदै गर्दा एक जना माननीयले सोधेको प्रश्नको उत्तर पनि आएको रहेनछ। यो त ३ दिन अगाडि प्रश्न गरेको हो नि। उहाँको सचिवालयले तयार गरिदिनुपर्थ्यो कि पर्दैन थियो? विघटन गरिदिए हुन्छ त्यस्ता सचिवालय।’
प्रधानमन्त्रीको सचिवालयलाई सचिवहरू थन्क्याउने ‘कवाडीखाना’ को संज्ञा पनि दिए। ‘हरेक ‘फ्रष्टेड’ सचिवहरू जम्मा हुने भएपछि काम गर्छन् ?’ प्रधानमन्त्रीलाई पाण्डेको प्रश्न थियो।
प्रकाशित मिति: १८:३३ बजे, शुक्रबार, असार ८, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











