Kathmandu Press

वीर अस्पतालका ७०० वटा जनरल बेड शुक्रबारदेखि बिरामीले निःशुल्क पाउने

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को कार्यकारी परिषद्ले आजैदेखि लागु हुने गरी यस्तो निर्णय गरेको हो।
वीर अस्पतालका ७०० वटा जनरल बेड शुक्रबारदेखि बिरामीले निःशुल्क पाउने

काठमाडाैं, असार ८ : वीर अस्पतालका ७०० वटा जनरल बेड शुक्रबारदेखि बिरामीले निःशुल्क पाउने भएका छन्।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को कार्यकारी परिषद्ले आजैदेखि लागु हुने गरी यस्तो निर्णय गरेको हो।

यसअघि, प्रतिबेड २०० रुपैयाँ शुल्क लिने गरिएकोमा अब भने निःशुल्क हुने न्याम्सका उपकुलपति डा. भुपेन्द्र बस्नेतले बताए। अस्पतालका क्याबिन र आईसीयू बेडमा भने तोकिएको शुल्क लाग्नेछ।

७०० बेड निःशुल्क गरेबापत हुने वार्षिक पाँच करोड रुपैयाँ खर्च सरकार र अस्पतालको आन्तरिक स्रोतबाट बेहोरिने पनि डा. बस्नेतले बताए।

त्यस्तै न्याम्सले अन्य आंगिक अस्पतालहरुसग समन्वय गरेर त्यहाको बिरामीको चापलाई व्यवस्थापन गर्ने कार्ययोजना बनाएको छ। स्वास्थ्यमा आम नागरिकको सहज पहुचलाई सुनिश्चित गर्न सरकारले न्याम्स मार्फत काम अघि बढाउने तयारी गरेको हो।

प्रकाशित मिति: १८:१० बजे, शुक्रबार, असार ८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्