Kathmandu Press

रघुवीर महासेठ भन्छन्- सिमाना रक्षाको जिम्मा नेपाली सेनालाई दिनुपर्छ

शुक्रबारको प्रतिनिधिसभा बैठकमा विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै सांसद महासेठले नेपालको सिमानाको सुरक्षा गर्ने जिम्मेवारी नेपाली सेनालाई दिनुपर्ने बताएका हुन्।
रघुवीर महासेठ भन्छन्- सिमाना रक्षाको जिम्मा नेपाली सेनालाई दिनुपर्छ

काठमाडौं, असार ८ : एमालेका सांसद रघुवीर महासेठले नेपालको सिमानाको सुरक्षा गर्ने जिम्मा नेपाली सेनालाई दिनुपर्ने बताएका छन्।

शुक्रबारको प्रतिनिधिसभा बैठकमा विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै सांसद महासेठले नेपालको सिमानाको सुरक्षा गर्ने जिम्मेवारी नेपाली सेनालाई दिनुपर्ने बताएका हुन्। उनले सीमा सुरक्षाको जिम्मा नेपाली सेनालाई दिनुपर्ने विषय नयाँ नभएको उनको भनाइ थियो।

‘पहिला सेनाको कर्णेलको नेतृत्वमा सिमानाको रेखदेख, नापजाँच उहाँहरुको जिम्मा थियो,’ उनले भने। नेपाली सेनालाई आफूसँग सम्बन्धित बाहेकका उद्योग, व्यापारमा लगाउन नहुने पनि उनको भनाइ छ।

सेनालाई राष्ट्रिय पहिचानको प्रवर्धन, बाहिरी र आन्तरिक सुरक्षा व्यवस्थालाई मजबुत बनाउँदै राष्ट्रिय एकता, सामाजिक सद्भाव, सहिष्णुता र सहकार्यको संस्कृतिलाई सुदृढ गर्नतिर परिचालन गर्नुपर्नेमा उनले जोड दिए। हतियारको आधुनिकीकरणमा पनि ध्यान दिनुपर्नेमा पनि उनले जोड दिए। 

हाम्रा सिमाना दिनप्रतिदिन मिचिँदा नापीका हाकिमहरुलाई थाहा नभएको बताउँदै उनले भने, ‘हाम्रा सिमाना दिनप्रतिदिन छिमेकी देशहरुले मिचिरहेका छन्। पहिला त्यस्तो स्थिति थिएन। आज हामीले जसलाई जिम्मा लगाएका छौं, कहीँकहीँ नापीका हाकिमहरु त मिटिङमा जाँदाखेरि नेपालमै बसेर हस्ताक्षर गरेको हुन्छ, भोलिपल्ट उठ्दा त उहाँ अरु देशमा बसेको थाहा पाउनुहुन्छ। हिजो मैले के, कसरी सही गरेँ भन्ने उहाँहरुलाई थाहा हुँदैन।’

कारागार सुधार गृहको रुपमा विकास हुन नसकेको भन्दै कारागारलाई सुधार गृहको रुपमा विकास गर्नुपर्ने उनले बताए।

प्रकाशित मिति: १७:४८ बजे, शुक्रबार, असार ८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्