Kathmandu Press

सरकार ढल्ने सम्भावना नरहेकाे सापकाेटाकाे भनाइ, सरकार लामो समय नटिक्ने बर्ताैलाकाे दाबी

माधव सापकोटाले अहिलेको सत्ता गठबन्धन परिवर्तन हुने कुनै सम्भावना नरहेको बताए। महेश बर्तौलाले पछिल्लो घटनाक्रममा आधारमा वर्तमान सरकारको दिनगन्ती सुरु भइसकेको बताए।
सरकार ढल्ने सम्भावना नरहेकाे सापकाेटाकाे भनाइ, सरकार लामो समय नटिक्ने बर्ताैलाकाे दाबी

काठमाडाैं, असार ८ : नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले अहिलेको सत्ता गठबन्धन परिवर्तन हुने कुनै सम्भावना नरहेको बताएका छन्। 

शुक्रबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै सापकोटाले सत्ता गठबन्धन परिवर्तन हुने कुरा आधार नभएको बहस मात्रै भएको बताए। उनले अहिले कांग्रेस र एमालेकाबीच तत्काल सत्ताको साझेदारी गर्ने तहको धरातल बिकास नभएको दाबी गरे।

सापकोटाले एक चरण सरकारको नेतृत्व गरेपछि माओवादीले कांग्रेसलाई सत्ताको नेतृत्व हस्तान्तरण गर्ने उल्लेख गरे। त्यस्तै उनले समाजवादी मोर्चा एकाएक नभई धेरै अघिदेखि नै बहसमा रहेको भन्दै कांग्रेसका लागि समाजवादी मोर्चा सरप्राइज विषय नभएको जिकिर गरे।

यता नेकपा एमालेका सचेतक महेश बर्तौलाले पछिल्लो घटनाक्रममा आधारमा वर्तमान सरकारको दिनगन्ती सुरु भइसकेको बताए। सरकारको नेतृत्व गरिररहेको पार्टीले मोर्चाका नाममा अर्को गुट बनाउने कामले जनतामा असर पर्ने उनको भनाइ छ। उनले निर्वाचनमा जनताले दिएको म्याण्डेडका आधारमा सत्ता समिकरण बनाउन ठुला दलहरुले समझदारी गरे दिगो सरकार बन्न सक्ने धारणा राखे।

बर्तौलाले कांग्रेससँग छलफल गरेर तत्काल सरकार परिवर्तन गर्ने योजनामा एमाले नरहे पनि घटनाक्रम हेर्दा वर्तमान सरकार लामो समय टिक्ने संकेत नदेखिएको बताए।  

प्रकाशित मिति: १६:३४ बजे, शुक्रबार, असार ८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्