Kathmandu Press

प्रधानमन्त्री दाहाल सत्ता टिकाउने खेलमा अल्मलिएको रवि लामिछानेकाे आरोप

बजेटमा भइरहेको लछलफलहरूको औचित्य नै पुष्टि गर्न संसद्ले नसकेको उनले बताए।
प्रधानमन्त्री दाहाल सत्ता टिकाउने खेलमा अल्मलिएको रवि लामिछानेकाे आरोप

काठमाडौं, असार ८ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जनतालाई राहत दिने र मुलुकका महत्वपूर्ण मुद्दाहरुमा केन्द्रित हुने भन्दा पनि सत्ता टिकाउने काममा अल्मलिएको आरोप लगाएका छन्।

शुक्रबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, राष्ट्रपति कार्यालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, राष्ट्रिय योजना आयोगको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले सत्ता टिकाउनकै लागि प्रधानमन्त्री दाहालले सत्तारूढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा देशमा नभएको बेला सत्तारुढ दलभित्रै अर्को गठबन्धन बनाएको बताए।

उनले प्रधानमन्त्री दाहालले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानलाई कमजोर बनाउँदै लगेको र भारत भ्रमणलाई ठुलो उपलब्धिको रुपमा चित्रण गर्ने प्रयास गरेको पनि बताए। राज्यका संयन्त्रहरुले राम्रोसँग काम गर्न नसकेपछि आफूले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनका लागि संसदीय विशेष समिति गठन गर्न माग गरे पनि सरकारले बेवास्ता गरेको आरोप उनले लगाए ।

‘नक्कली भुटानी शरणार्थी प्रकरणकै विषयलाई लिएर मैले यही संसदमा विशेष समितिको माग गरेको थिएँ, दलको तर्फबाट। त्यसको कारण, जुन ढंगले यसको अनुसन्धान भइरहेको थियो, अनुसन्धान गर्ने निकायकै बारेमा प्रश्न आए। अनेक कुराहरू आए। तर यस विषयमा छानबिन हुन सकेन। छानबिन त सकिएको छैन तर हाम्रो उत्तर पनि अनुत्तरित नै भयो,’ लाममिछानेले भने।

उनले थपे, ‘सरकार अलमलियो। सरकार गठबन्धनभित्र पनि अर्को गठबन्धन बनाउन लाग्यो। सरकारमै सहभागी भएका दलहरूले अर्को गठबन्धन बनाएको हामीले थाहा पायौं। मोर्चा बनेको थाहा भयो। अब यो के होरु बुझ्न जरुरी भयो। त्यही गठबन्धनभित्रको दलका नेता देशमै नभएको बेलामा, सरकारमै सहभागी भएका दलहरू मिलेर मोर्चा बनाउनु, यसलाई अलि ध्यानमा राख्नुपर्छ।’

बजेटमा भइरहेको लछलफलहरूको औचित्य नै पुष्टि गर्न संसद्ले नसकेको उनले बताए।

प्रकाशित मिति: १६:२९ बजे, शुक्रबार, असार ८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्