Kathmandu Press

बजेटले हराएका विश्वास र गुमेका आशालाई जोड्न सक्नुपर्छ : सांसद केसी

उनले मुलुकको विद्यमान चुनौतीको सामना गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आग्रह गरे।
बजेटले हराएका विश्वास र गुमेका आशालाई जोड्न सक्नुपर्छ : सांसद केसी

काठमाडाैं, असार ८ : नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सरकारको बजेटले हराएका विश्वास र गुमेका आशालाई जोड्दै जनस्तरमा रहेको निराशाको सम्बोधन गर्न सक्नुपर्ने बताएका छन्।

प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गतका शीर्षकमा खर्च कटौतीको प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले नेतृत्वले निर्णय गर्दा आफू र पार्टी निकट वा बिचौलियालाई ध्यानमा राखेर गर्ने हो भने विकास सम्भव नहुने बताए। उनले मुलुकको विद्यमान चुनौतीको सामना गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आग्रह गरे।

उनले मुलुक भ्रष्टाचारको जालोमा जकडिएकाले यसलाई वास्तविकरुपमा सामना गर्न सक्नुपर्नेमा जोड दिँदै चर्चित भ्रष्टाचार काण्डमाथि सर्वोच्च अदालतका न्यायाधीशस्तरको नेतृत्वमा उच्चस्तरीय छानबिन आयोग गठन गर्न पनि माग गरे।

प्रकाशित मिति: १५:३० बजे, शुक्रबार, असार ८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्