Kathmandu Press

र्‍यापर खतिवडाविरुद्ध ज्यान मुद्दामा किटानी जाहेरी 

र्‍यापर खतिवडाको ‘जी क्याफे एण्ड विस्त्रो’ मा धनपालथान गाउँपालिका–४ का अन्सारीको मृत्यु भएको थियो। प्रहरीका अनुसार खतिवडासहित तीन जनाविरुद्ध किटानी जाहेरी परेको छ। 
र्‍यापर खतिवडाविरुद्ध ज्यान मुद्दामा किटानी जाहेरी 

विराटनगर, असार ८ : चर्चित र्‍यापर गिरिश खतिवडाविरुद्ध कर्तव्य ज्यान मुद्दासम्बन्धी किटानी जाहेरी दर्ता भएको छ।
खतिवडाले विराटनगरमा सञ्चालन गरेको क्याफेमा कसिद अन्सारीको रहस्यमय मृत्यु भएको भन्दै परिवारले हत्या आरोपमा किटानी जाहेरी दिएको हो।

र्‍यापर खतिवडाको ‘जी क्याफे एण्ड विस्त्रो’ मा धनपालथान गाउँपालिका–४ का अन्सारीको मृत्यु भएको थियो। प्रहरीका अनुसार खतिवडासहित तीन जनाविरुद्ध किटानी जाहेरी परेको छ। 

Hardik ivf

योजनाबद्ध रुपमा अन्सारीको हत्या भएको दाबी जाहेरीमा उल्लेख छ। क्याफे सञ्चालक विराटनगर–८ का खतिवडा, क्याफेमा कार्यरत जहदा गाउँपालिका–३ का करण राजवंशी र विराटनगर–१६ का अनुराग राउतविरुद्ध किटानी जाहेरी परेको जनाइएको छ।

मृतक अन्सारी देब्रे तिघ्रामा गहिरो चोट लागेको अवस्थामा असार ३ गते विहान अन्सारी फेला परेका थिए। उक्त क्याफेमा अन्सारी मासुको पैसा उठाउन गएको बताइएको छ। मृतक अन्सारीले विराटनगरमा चाँदनी फ्रेस हाउस सञ्चालन गर्दै आएका थिए। 

क्याफेमै लडेर गम्भीर घाइते भएको बताउँदै उपचारका लागि विराट अस्पताल लगिएकोमा चिकित्सकले अन्सारीलाई मृतक घोषणा गरेका थिए। क्याफे सञ्चालक रहेका र्‍यापर खतिवडासहित क्याफेमा कार्यरत तीनजनाले हत्या गरेको दाबी किटानी जाहेरीमा छ। 
 

प्रकाशित मिति: १५:०६ बजे, शुक्रबार, असार ८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्