Kathmandu Press

वायुसेवा निगममा नयाँ कर्मचारी भर्ती गर्नु गलत : योगेश भट्टराई

उनले निगममा थप कर्मचारी भर्ना गर्नु नेपाल आमाको रगत खाएजस्तै हुने पनि बताए।
वायुसेवा निगममा नयाँ कर्मचारी भर्ती गर्नु गलत : योगेश भट्टराई

काठमाडौं, असार ८ : एमाले सांसद योगेशकुमार भट्टराईले नेपाल वायुसेवा निगममा नयाँ कर्मचारी भर्ती गर्नु गलत भएको बताएका छन्।

प्रतिनिधिसभाको आज बसेको बैठकमा विनियोजित बजेटमाथिको छलफलमा पूर्वपर्यटनमन्त्रीसमेत रहेका भट्टराईले आर्थिक भारले थला पर्न लागेको निमगमा अहिलेका सरकार र मन्त्रीले निगममा कर्मचारी भर्ना गरिरहेको आरोप लगाउँदै त्यसो गर्नु गलत भएको बताएका हुन्। उनले निगममा थप कर्मचारी भर्ना गर्नु नेपाल आमाको रगत खाएजस्तै हुने पनि बताए।

निजी क्षेत्रका विमान कम्पनीले १६ वटा जहाज उडाउँदा ११ सय कर्मचारीले भ्याउने गरे पनि निगमका ४ वटा जहाज उडाउन ३ हजार बढी कर्मचारी रहेको उनको भनाइ थियो। एमालेले सरकार चलाएको बेलामा एक जना पनि कर्मचारी थप नभएको दाबी उनले गरे।

उड्डयन प्राधिकरणले ग्राउन्ड ह्याण्डलिङ  अन्य कम्पनीलाई दिए वायुसेवा निगम थला पर्ने पनि उनले बताए। वायुसेवा निगमका कर्मचारीले तलब खाने मुख्य स्रोत नै ग्राउन्ड ह्याण्डलिङ भएको उनले बताए। एमालेको पालामा सर्वसाधारणले समेत शेयर पाउने गरी पब्लिक कम्पनीमा लानुपर्छ भन्ने निष्कर्षमा पुगे पनि निजीकरण गरेको भनेर काम गर्न नदिइएको स्मरण पनि उनले गरे।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प निजगढ अन्तर्राष्ट्रिय विमानस्थल भन्दा अरु हुन नसक्ने उनले बताए। भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाएर गल्ती भएको भन्दै उनले विमानस्थल चलाउन सरकारले पनि पहल गर्नु आवश्यक रहेको बताए।

प्रकाशित मिति: १५:०४ बजे, शुक्रबार, असार ८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्