Kathmandu Press

नागरिकता विधेयक कार्यान्वयनको बाटो खुलेसँगै संविधानको रक्षा भएको प्रतिक्रिया

संघर्ष समितिका अध्यक्ष इन्द्रजित साफीले सर्वोच्च अदालत र राष्ट्रपतिले संविधानलाई जोगाएको भन्दै बिधेयकमा विदेशीलाई नागरिकता दिनुपर्छ भनेर कहि पनि नलेखिएको बताए।
नागरिकता विधेयक कार्यान्वयनको बाटो खुलेसँगै संविधानको रक्षा भएको प्रतिक्रिया

काठमाडाैं, जेठ ८ : नागरिकताविहीन संर्घष समितिले नागरिकता विधेयक कार्यान्वयनको बाटो खुलेसँगै संविधानको रक्षा भएको जनाएको छ।

नागरिकताका बिषयमा सर्वोच्च अदालतको आदेशपछि सरोकारवाला सवैलाई धन्यवाद दिन शुक्रबार काठमाडौको माइतिघरमा आयोजित कार्यक्रममा समितिले केही व्यक्ति र दलहरुले नागरिकता विधेयकलाइ अघि बढाउन नदिने प्रयत्न गर्दै संविधानलाइ नै असफल बनाउन खोज्ने षडयन्त्रलाई चिर्दै नागरिकता विधेयक कार्यान्वयनको बाटो खुलेसंगै संविधानको रक्षा भएको जनाएको हो।

संघर्ष समितिका अध्यक्ष इन्द्रजित साफीले सर्वोच्च अदालत र राष्ट्रपतिले संविधानलाई जोगाएको भन्दै बिधेयकमा विदेशीलाई नागरिकता दिनुपर्छ भनेर कहि पनि नलेखिएको बताए।

उनले विदेशीलाई नागरिकता दिनबाट रोक्न देशका सबै जिल्लामा संघर्ष समितिका तर्फबाट १०–१० जनाको प्रतिनिधि राख्ने जानकारी दिनुभयो। साफीले देशको मधेशी दलले नागरिकता मुद्धालाई भोटको मुद्दामात्रै बनाएको र आफुहरुले भोटको खानी भाडो खोस्न सफल भएको जिकिर गरे।

कार्यक्रममा सहभागी युवाहरुले हामी सवै एक हौ, हिमाल पहाड तराई, कोही छैन पराई, सर्वोच्च अदालत, राष्ट्रपति धन्यवाद,  सहीद निरज झालाई न्याय दे लगाएका प्लेकार्ड प्रदर्शन गरेका थिए।

सर्वोच्च अदालतले नागरिकता ऐनको संशोधित व्यवस्था कार्यान्वयन नगर्न यसअघि जारी गरेको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिएपछि विधेयक कार्यान्वयनका लागि बाटो खुलेको हो। 

प्रकाशित मिति: १४:०४ बजे, शुक्रबार, असार ८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्