Kathmandu Press

बजेट छलफल : मधेसको पर्यटन प्रवर्धनमा प्राथमिकता दिइएन

प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गतका शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले मधेसका ऐतिहासिक, पौराणिक र महत्वपूर्ण सम्पदा, मठ, मन्दिरलाई पर्यटन पूर्वाधारका रुपमा विकसित गर्ने गरी कुनै बजेट र कार्यक्रम नल्याएको बताए।
बजेट छलफल : मधेसको पर्यटन प्रवर्धनमा प्राथमिकता दिइएन

काठमाडाैं, असार ८ : आमजनता पार्टीका अध्यक्ष प्रभु साहले संस्कृति, पर्यटन तथा नागरिक मन्त्रालयसम्बन्धी बजेट तर्जुमा गर्दा तराई–मधेसलाई प्राथमिकता नदिइएको गुनासो गरेका छन्।

प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गतका शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले मधेसका ऐतिहासिक, पौराणिक र महत्वपूर्ण सम्पदा, मठ, मन्दिरलाई पर्यटन पूर्वाधारका रुपमा विकसित गर्ने गरी कुनै बजेट र कार्यक्रम नल्याएको बताए।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुमना श्रेष्ठले विपद् जोखिम व्यवस्थापनका लागि पर्याप्त कार्यक्रम र बजेट नदेखिएको औँल्याउँदै ट्राफिक प्रहरीहरुको मानसिक स्वास्थ्यका लागि बजेट राख्न माग गरिन्।

यसअघिको बैठकमा छलफल सुरु हुँदा उपराष्ट्रपतिको कार्यालयका लागि खर्च शीर्षक पुस्तिका सांसदहरुलाई उपलब्ध नगराइएको जनाउँदै प्रमुख प्रतिपक्षी नेकपा एमालेले विरोध गरेपछि बैठक १५ मिनेटका लागि स्थगन भएको थियो। दोस्रो बैठकमा सभामुख देवराज घिमिरेले कार्यसूचीबाट सो कार्यालयको शीर्षक हटाएपछि बैठक सञ्चालन भएको थियो।

प्रकाशित मिति: १४:१५ बजे, शुक्रबार, असार ८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्