आपतकालीन उपचारका लागि तयार रहन स्वास्थ्यमन्त्री निर्देशन
आकस्मिक चिकित्सकीय समूहको कार्यक्रमलाई शुक्रबार ललितपुरमा सम्बोधन गर्दै मन्त्री बस्नेतले मुलुकको सबै क्षेत्रलाई ध्यानमा दिएर विपत्ति न्यूनिकरणका लागि पूर्व तयारी अवस्थामा बस्नुपर्ने बताएका हुन्।
काठमाडाैं, असार ८ : स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले जुनसुकै बेला पनि हुन सक्ने विपदलाई मध्यनजर गर्दै उपचार सेवाका लागि सहज अवस्थामा रहनुपर्ने बताएका छन्।
आकस्मिक चिकित्सकीय समूहको कार्यक्रमलाई शुक्रबार ललितपुरमा सम्बोधन गर्दै मन्त्री बस्नेतले मुलुकको सबै क्षेत्रलाई ध्यानमा दिएर विपत्ति न्यूनीकरणका लागि पूर्वतयारी अवस्थामा बस्नुपर्ने बताएका हुन्।
उनले संविधान प्रदत्त स्वास्थ्यको अधिकारलाई सुनिश्चित गर्न लाग्नुपर्नेमा ध्यान दिन स्वास्थ्यकर्मीलाई आग्रह पनि गरे।
आफू मन्त्री नहुँदा पनि स्वास्थ्य क्षेत्रका लागि धेरै काम गरेको र विभिन्न जिल्लामा भएका घटनामा स्वास्थ्य सामग्रीका साथै आवश्यक राहत प्रदान गरेको जिकिर गरे। उनले राम्रो कार्ययोजना बनाएर अघि बढे सहयोगको खाँचो नहुने बताए।
कार्यक्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले देशभर २५ अस्पतालमा स्याटेलाइट आकस्मिक सेवा प्रदान गर्नसक्ने अवस्थामा रहेको जिकिर गरे।











