Kathmandu Press

खर्चको चापका कारण दुग्ध विकास बोर्ड खारेज गरिएको हाे : प्रधानमन्त्री

पशुमा लाग्ने ‘लम्पिस्किन’ रोग यसपटक व्यापकरुपमा फैलिएको पाइएको जानकारी दिँदै प्रधानमन्त्री दाहालले रोग लाग्न नदिन र लागेको पशुको उपचारका लागि सङ्घ, प्रदेश, स्थानीय तह र विभिन्न संस्थामा रहेका पशुसेवा प्राविधिक परिचालन गरिएको बताए।
खर्चको चापका कारण दुग्ध विकास बोर्ड खारेज गरिएको हाे : प्रधानमन्त्री

काठमाडौं, असार ८ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुग्ध विकास बोर्ड सार्वजनिक खर्चको चापका कारण खारेज गरिएको बताएका छन् । 

प्रतिनिधिसभा बैठकमा शुक्रबार अमितलाल राजवंशीको प्रश्नको जवाफ दिँदै उनले भने, ‘राष्ट्रिय दुग्ध विकास बोर्डको कार्यक्षेत्र मन्त्रालय एवं विभागबाट भइरहेको कार्य समानान्तर प्रकृतिको देखिएको हुँदा दोहोरोपनसमेत देखिएको र यसलाई खारेज गर्दै यसको नियामक र प्रवर्धको कार्य मन्त्रालयबाट हुने व्यवस्था मिलाइन्छ। हाल सार्वजनिक खर्चमा परेको चापसमेतलाई मध्यजनर गरी यो निर्णय लिइएको हो,’ उनले भने। 

पशुमा लाग्ने ‘लम्पिस्किन’ रोग यसपटक व्यापकरुपमा फैलिएको पाइएको जानकारी दिँदै प्रधानमन्त्री दाहालले रोग लाग्न नदिन र लागेको पशुको उपचारका लागि सङ्घ, प्रदेश, स्थानीय तह र विभिन्न संस्थामा रहेका पशुसेवा प्राविधिक परिचालन गरिएको बताए।

'संघबाट कृषि तथा पशुपक्षी विकास मन्त्रालयले सहसचिवको नेतृत्वमा प्रदेशमा सात वटा टोली परिचालन गरिएको छ,' उनले भने, 'प्रदेश र स्थानीय तहमा कार्यरत पशुसेवा प्राविधिकलाई अनलाइन तालिम प्रदान गरी क्षमता विकासका काम भइरहेको छ।'

प्रकाशित मिति: १३:२० बजे, शुक्रबार, असार ८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्