Kathmandu Press

एमालेले अवरोध सिर्जना गरेपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

एमालेले अवरोध सिर्जना गरेपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौं, असार ८ : सरकारले उपराष्ट्रपति कार्यालयको खर्च शीर्षक उल्लेख गरएिको पुस्तिका उपलब्ध नगराइएको भन्दै एमालेले प्रतिनिधिसभा बैठकमा अवरोध सिर्जना गरेको छ।

एमाले सचेतक महेश बर्तौलाले उपराष्ट्रपति कार्यालयको खर्च शीर्षक उल्लेख गरएिको पुस्तिका उपलब्ध नगराइएको र त्यो पुस्तिका उपलब्ध नगराइएसम्म बैठक बस्न नदिने अडान लिएका थिए। त्यसपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन्।

प्रतिनिधिसभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल चलिरहे पनि शुक्रबारसम्म सरकारले उपराष्ट्रपति कार्यालयको खर्च शीर्षक समेटिएको पुस्तिका उपलब्ध गराएको छैन।

प्रकाशित मिति: १३:०५ बजे, शुक्रबार, असार ८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्