Kathmandu Press

‘ड्रागन बोट रेस फेस्टिभल’ नेपाल-चीन सम्बन्धमा नयाँ सूत्रपात : पर्यटनमन्त्री किराती

नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दुतावास र पोखरा महानगरको आयोजनामा पोखरामा शुक्रबारदेखि सुरु भएको नेपाल-चीन फ्रेण्डसीप ‘ड्रागन बोट रेस फेस्टिभल’को उद्घाटन गर्दै उनले दशकौँदेखिको सम्बन्ध हालसम्म सुमधुर रहँदै आएको बताए। 
‘ड्रागन बोट रेस फेस्टिभल’ नेपाल-चीन सम्बन्धमा नयाँ सूत्रपात : पर्यटनमन्त्री किराती

पाेखरा, असार ९ :  संस्कृति पर्यटन तथा नागरिक उड्डयमन्त्री सुदन किरातीले नेपाल र चीनबीचको सम्बन्ध ऐतिहासिक रहेको बताएका छन्। फेस्टिभलले दुई देशबीचको सम्बन्धमा थप इँटा थपेको उनले बताए। 

नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दुतावास र पोखरा महानगरको आयोजनामा पोखरामा शुक्रबारदेखि सुरु भएको नेपाल-चीन फ्रेण्डसीप ‘ड्रागन बोट रेस फेस्टिभल’को उद्घाटन गर्दै उनले दशकौँदेखिको सम्बन्ध हालसम्म सुमधुर रहँदै आएको बताए। 

पर्यटकीय नगरी पोखरामा आयोजित मैत्रीपूर्ण यस महोत्सवले दुई देशबीचको सांस्कृतिक र जनस्तरको सम्बन्धलाई समेत थप प्रगाढ बनाउने उनले विश्वास व्यक्त गरे। उनले चीनसँग सम्बन्ध बलियो बनाउन फेस्टिभलले नयाँ सूत्रपात निर्माण गरेको भन्दै चिनियाँ नागरिकलाई नेपाल घुम्न आउन आग्रह गरे।

'आदरणीय चिनियाँ नागरिकलाई म नेपाल घुम्न आउन निम्तो गर्न चाहन्छु, नेपालमा तपाईहरुलाई स्वागत र सम्मान गर्न हामी आतुर छौं,' मन्त्री किरातीले भने, 'तपाईंहरु नेपाल घुम्न आइदिनुहोस्।'

मन्त्री किरातीले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको समेत स्पष्ट पारे। इतिहासमा चीन र भारतको व्यापारिक नाका रुपमा स्थापित पोखरामा भव्यरुपमा महोत्सवमा ड्रागन बोट फेस्टिभल सम्पन्न हुन लागेको उनको भनाइ छ।

नेपालका लागि चिनियाँ राजदुत छन् सोङले नेपाल र चीनबीच लामो समयदेखि आर्थिक सामाजिक तथा सांस्कृति सम्बन्ध रहेको बताउँदै ‘ड्रागन बोट रेस फेस्टिभल’ दुईदेशबीचको आपसी सम्बन्ध एवं जनस्तरको सम्बन्ध अझै बलियो बन्ने विश्वास व्यक्त गरे। 

पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले ‘ड्रागन बोट रेस फेस्टिभल’ पोखरामा हुनुलाई आफूहरुले महत्वपूर्ण रुपमा लिएको बताउँदै यसले आगामी दिनमा पोखरामा चिनियाँ पयर्टकको आगमन बढ्ने विश्वास व्यक्त गरे। उनले आगामी दिनमा समेत महोत्सवलाई निरन्तरता दिने जानकारी गराए। 

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले फेस्टिभलले पोखरा मात्र नभई समग्र नेपालकै पर्यटनमा टेवा पुग्ने बताए। 

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले नेपालमा पहिलोपटक आयोजना गरिएको यस प्रकारको कार्यक्रमले समग्रमा पर्यटनमा नयाँ आयाम थप्ने तथा पोखराको पर्यटनलाई थप चलायमान बनाउन सहयोग पुग्ने बताए। 

दक्षिण एशियामा पहिलो पटक आयोजना गरिएको यो महोत्सवले नेपालको विश्वभर प्रवर्धन एवं यसबाट भविश्यमा अझै बढी चिनियाँ पाहुना ल्याउन सहयोग पुग्ने उनको भनाइ छ। नेपाल र छिमेकी मित्रराष्ट्र चीनबीचको सांस्कृतिक तथा जनस्तरसम्मको सम्बन्ध सुमधुर बनाउने र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आज र भोलि दुई दिन बोट रेस तथा फेस्टिभलको आयोजना गरिएको हो। 

‘ड्रागन बोट रेस’ मा ड्रागनजस्तै देखिनेगरी बनाइएको डुंगा अगाडि बसेर एक जनाले ड्रम बजाउँछन् । सोही ड्रमको तालमा १० जनाले डुङ्गा खियाउँछन् र पुछारमा बस्ने एक जनाले डुंगाको दिशा मिलाउँछन्। 

प्रकाशित मिति: १२:२६ बजे, शुक्रबार, असार ८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्