विगतमा जस्तो मल अभाव हुन्न : प्रधानमन्त्री दाहाल
उनले ३ लाख ५१ हजार मेट्रिक टन मल आयात भएको पनि दाबी गरे।
काठमाडौं, असार ८ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यो वर्ष धान बालीका लागि मल अभाव नहुने बताएका छन्।
शुक्रबारको प्रतिनिधिसभा बैठकमा जनमत पार्टीका सांसद अब्दुल खानले मल अभावबारे प्रश्न गरेपछि उनले रासायनिक मलको आपूर्ति विगतको भन्दा सुदृढ भएको दाबी गरे। उनले ३ लाख ५१ हजार मेट्रिक टन मल आयात भएको पनि दाबी गरे।
असारभित्र कोलकाताबाट ४५ हजार मेट्रिक टन मल भित्रिने उनले जानकारी दिए। ‘विगतको जस्तो मल अभाव हुने अवस्था छैन,’ उनले भने।
प्रकाशित मिति: १२:०२ बजे, शुक्रबार, असार ८, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











