उपप्राध्यापक प्रेम चलाउनेले अनशन स्थगित गरे

काठमाडौं, असार ८ः त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले अनशन स्थगित गर्ने भएका छन् ।
चलाउने पाँच दिनयता उपकुलपति कार्यालय अगाडि अनशन बस्दै आएका थिए । उनले दिउँसो एक बजे पत्रकार सम्मेलन गर्दै अनशन स्थगित गरिएको बारे जानकारी दिनेछन् ।
उपप्राध्यापक चलाउनेलाई आक्रमण गर्ने नेविसंघका कार्यकर्ताहरु विरुद्धको मुद्दा फिर्ता लिने निर्णय मन्त्रिपरिषद बैठकले गरेपछि उनी त्यसको विरोधमा अनशन बसिरहेका थिए ।
सर्वोच्च अदालतले बिहीबार चलाउनेमाथि आक्रमण गर्नेहरु विरुद्धको मुद्दा फिर्ता लिने निर्णय कार्यान्वयन नगरी यथास्थितिमा राख्नू भनी आदेश दिएपछि उनले अनशन स्थगित गर्न लागेका हुन् ।
प्रकाशित मिति: १०:२८ बजे, शुक्रबार, असार ८, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











