Kathmandu Press

आज संसद्मा सांसदको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड

यसका लागि बिहान ११ बजे संसद् बैठक बलाइएको छ । प्रधानमन्त्रीलाई सोध्ने प्रश्न पहिला नै सांसद्ले टिपाउनु पर्ने प्रावधान रहेको छ । यसैबीच, विनियोजन विधेयकमाथिको छलफल जारी रहने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 
आज संसद्मा सांसदको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, असार ८ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधिसभामा सांसदले सोधेका प्रश्नको जवाफ दिने भएका छन् । प्रधानमन्त्री ‘प्रचण्ड’ले विभिन्न विषयमा सांसदले सोधेका प्रश्नको जवाफ दिन लागेका हुन् । 

यसका लागि बिहान ११ बजे संसद् बैठक बलाइएको छ । प्रधानमन्त्रीलाई सोध्ने प्रश्न पहिला नै सांसद्ले टिपाउनु पर्ने प्रावधान रहेको छ । यसैबीच, विनियोजन विधेयकमाथिको छलफल जारी रहने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 

विनियोजन विधेयक, २०८० को विभिन्न शीर्षकहरूमाथिको जारी छलफल अन्तर्गत आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, गृह, रक्षा मन्त्रालय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय र राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालय शिर्षकमा छलफल हुने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 

प्रकाशित मिति: ०७:०५ बजे, शुक्रबार, असार ८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्