Kathmandu Press

गोरखामा जन्ती सवार जिप दुर्घटना हुँदा पाँचजनाको मृत्यु (अपडेट)

तीनवटा गाडीमध्ये एउटा गाडी दुर्घटना भएको थियो । दुलाहा र दुलही भने दुर्घटना भएको गाडीमा सवार थिएनन् । 
गोरखामा जन्ती सवार जिप दुर्घटना हुँदा पाँचजनाको मृत्यु (अपडेट)
तस्वीर : नेपाली सेना

काठमाडौं, असार ८ : गोरखामा जन्ती बोकेको जिप दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा चारजना पुरुष र एक महिला रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । मृत्यु हुनेमा गोरखा जिल्ला सहिद लखन गाउँपालिका वडा नं ५ का १९ बर्षीय प्रविन थापा, २८ बर्षीय वीर बहादुर थापा, १९ बर्षीय निरज थापा, १९ बर्षीय नबिना थापा र ६४ बर्षीय धन ब थापा रहेका छन् । 

तीनवटा गाडीमध्ये एउटा गाडी दुर्घटना भएको थियो । दुलाहा र दुलही भने दुर्घटना भएको गाडीमा सवार थिएनन् । 

जिप शहीद लखन–३ पात्लेखोला भन्ने स्थानमा दुर्घटना भएको हो । जिप सडकबाट करिब २०० मिटर तल खसेको छ । प्रदेश नंं ३ को ०१–०२३ च २४२७ नम्बरको टाटा जिप दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटना भएको जितमा कति सवार थिए यकिन नभएको तर १८ देखि २० जना सवार रहेको जानकारी आएको बताईएको छ । अहिले दुर्घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र शशस्त्र प्रहरीले उद्दार गरिरहेको छ । 

प्रकाशित मिति: ०७:०१ बजे, शुक्रबार, असार ८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्