Kathmandu Press

८४ सालमा नयाँ दलको नेतृत्वमा सरकार बन्ने बाबुरामकाे दाबी

रास्वपाको स्थापना भएको एक वर्ष पुगेको अवसरमा बिहीबार काठमाडौंमा आयोजित चियापान कार्यक्रममा भट्टराईले ८४ सालको चूनावमा नेपालमा नयाँ दलले नेतृत्व गरेको सरकार बन्ने बताएका हुन्।
८४ सालमा नयाँ दलको नेतृत्वमा सरकार बन्ने बाबुरामकाे दाबी

काठमाडाैं, असार ७ : पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ८४ सालमा नयाँ दलको नेतृत्वमा सरकार बन्ने बताएका छन्। 

रास्वपाको स्थापना भएको एक वर्ष पुगेको अवसरमा बिहीबार काठमाडौंमा आयोजित चियापान कार्यक्रममा भट्टराईले ८४ सालको चूनावमा नेपालमा नयाँ दलले नेतृत्व गरेको सरकार बन्ने बताएका हुन्।

समाजवादी मोर्चामा सहभागी नभएको बिषयमा सञ्चारकर्मीले सोधेको प्रश्नमा भट्टराईको यस्तो धारणा आएको हो। उनले अवको नयाँ एजेण्डा सम्बोधन गर्न नयाँ पार्टी चाहिन्छ भनेर पहल गर्नेमा आफु रहेको र नयाँ शक्तिका रुपमा रास्वपा अगाडी आएकोमा आफु अत्यन्त खुसी भएको जिकिर गरे।

त्यस्तै भट्टराइले लोकतन्त्रमा बिचार फरक र प्रतिष्पर्धा हुन सक्ने भए पनि नेपालीले चाहेको नयाँपन नै भएको उल्लेख गरे। 

प्रकाशित मिति: १८:१६ बजे, बिहीबार, असार ७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्