यथास्थितिमा बजेट पारित हुन नदिने नेकपा एसकाे निर्णय
सिंहदरबारमा बिहीबार बसेको नेकपा एस संसदीय दलको बैठकले बजेटमा भएको असन्तुलन नसच्चाई यथास्थितिमा सरकारले ल्याएको बजेट पारित हुन नदिने निर्णय गरेको दलका उपनेता राजेन्द्रप्रसाद पाण्डले बताए।
काठमाडाैं, असार ७ : नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले यथास्थितिमा सरकारले ल्याएको बजेट पारित हुन नदिने निर्णय गरेको छ।
सिंहदरबारमा बिहीबार बसेको नेकपा एस संसदीय दलको बैठकले बजेटमा भएको असन्तुलन नसच्चाई यथास्थितिमा सरकारले ल्याएको बजेट पारित हुन नदिने निर्णय गरेको दलका उपनेता राजेन्द्रप्रसाद पाण्डले बताए।
बैठकले बजेटमा रहेका असन्तुलनलाई मिलाउनका लागि पार्टी अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री अर्थमन्त्रीका साथै गठबन्धन दलमा रहेका सबैसँग छलफल गर्ने निर्णय गरेको उनले बताए।
उनले असन्तुलित बिषयलाइ सन्तुलित बनाएर मात्रै बजेट पारित गर्न सकिने धारणा राखे। बजेटको छलफलका क्रममा संसदमा समेत अर्थमन्त्रीले संशोधन गर्ने संकेत देखाएकाले आफूहरु संशोधन हुनेमा सकारात्मक रहेको उनको भनाइ छ। उनले १६५ निर्वाचन क्षेत्रबाट निर्वाचित सांसद घटीबढी नहुने भन्दै बजेट पनि सामान रुपमा वितरण हुनुपर्ने उल्लेख गरे।
बैठकमा बजेटमा भएको असन्तुलनका बारेमा सवै सदस्यहरुले कडा रुपमा धारणा राखेको पाण्डेले बताए।