Kathmandu Press

महोत्वसवमा मातृभाषाका कविता प्रतियोगी सहभागी हुने

प्रतियोगिताका लागि आएकामध्ये मूल्याङ्कन समितिबाट वाचनका लागि २५ कविता छनोट भएका छन्। प्रतियोगिताका लागि नेपाली, लिम्बू, डोटेली, खाम मगर, नेपाल भाषा, चाम्लिङ र थामी भाषाका गरी कूल २५ कविता  छानिएका  छन्। 
महोत्वसवमा मातृभाषाका कविता प्रतियोगी सहभागी हुने

काठमाडाैं, असार ७ : नेपाल प्रज्ञा–प्रतिष्ठानले ६६औँ वार्षिकोत्सवका अवसरमा आयोजना गर्न लागेको राष्ट्रिय कविता महोत्सवमा यस वर्षदेखि मातृभाषाका कवितालाई पनि प्रतियोगितामा सहभागी गराइँदैछ। 

प्रतिष्ठाले हरेक वर्ष असार ९ गते आयोजना गर्दै आएको महोत्सवमा परम्परागतरुपमा नेपाली भाषाका कविताका अतिरिक्त यस वर्षदेखि समावेशी सहभागिताका लागि पहिलो पटक बहुभाषिक कविता आह्वान गरेपछि मातृभाषाका कवितासमेत प्राप्त भएको प्रतिष्ठानले जनाएको छ। 

Hardik ivf

प्रतियोगिताका लागि आएकामध्ये मूल्याङ्कन समितिबाट वाचनका लागि २५ कविता छनोट भएका छन्। प्रतियोगिताका लागि नेपाली, लिम्बू, डोटेली, खाम मगर, नेपाल भाषा, चाम्लिङ र थामी भाषाका गरी कूल २५ कविता  छानिएका  छन्। 

नेपाली भाषाका १८ कविता छानिएका प्रतिष्ठानका काव्य विभाग प्रमुख बाबा बस्नेतले जानकारी दिनुभयो। मातृभाषामा प्रस्तुत हुने कवितालाई अनुवादकको प्रबन्ध गरिने उनले बताए।

उनका अनुसार महोत्सवका लागि इमेल र प्रत्यक्ष गरी ६ सय ४४ कविता दर्ता भएका थिए। प्रतियोगितामा उत्कृष्ट १० कविलाई जनही रू १५ हजार राशिको पुरस्कार दिइने छ।

प्रतिष्ठानका कतिपय पूर्व पदाधिकारीले भने विगतमा भातृभाषा कवि सम्मेलन अलग्गै गरिएकामा राष्ट्रिय कविता महोत्सवलाई बहुभाषिक बनाएर नेपाली भाषालाई अवहेलना गरिएको तर्क गर्दै आएका छन्।

प्रकाशित मिति: १६:५१ बजे, बिहीबार, असार ७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्