Kathmandu Press

रुपन्देही ३९ रनले विजयी

धनगढी, फागुन ६ : डिपिएलअन्तर्गत सोमबारको खेलमा रुपन्देही च्यालेन्जर्सले धनगढी स्टार्सलाई ३९ रनले पराजित गरेको छ ।

एकसय ७ रनको लक्ष्य पछ्याएक....

रुपन्देही ३९ रनले विजयी

धनगढी, फागुन ६ : डिपिएलअन्तर्गत सोमबारको खेलमा रुपन्देही च्यालेन्जर्सले धनगढी स्टार्सलाई ३९ रनले पराजित गरेको छ ।

एकसय ७ रनको लक्ष्य पछ्याएको धनगढी ६७ रनमै समेटिएको हो । उसका लागि कुनै पनि ब्याट्सम्यानले टिकेर खेल्न सकेनन् । उसका आठ खेलाडीले दोहोरो अंक जुटाउन सकेनन् । पवन सर्राफले १५, सोमपाल कामीले ११ र सन्दीप रजालीले १० रन बनाए ।

रुपन्देहीका लागि ललित राजवंशीले तीन, बिक्रम सोबले दुई, बसन्त रेग्मी, पुनीत मेहरा र भीम सार्कीले एक/एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको रुपन्देहीले वर्षाका कारण १५ ओभरमा झारिएको खेलमा सबै विकेट गुमाउँदै एकसय ६ बनाएको थियो । उसका लागि सुमित महर्जनले ३३, बिनोद भण्डारीले २४ र बाबर हयातले १९ रन बनाए ।

यो जितसँगै रुपन्देही अंक तालिकाको दोस्रो स्थानमा पुगेको छ । उसको ६ अंक छ भने पहिलो स्थानमा रहेको काठमाडौं गोल्डेन्सको ७ अंक छ । सीवाईसी अत्तरिया, महेन्द्रनगर युनाइटेड र विराटनगर किंग्स चार/चार अंकसहित तेस्रो, चौथो र पाँचौ स्थानमा छन भने एक अंकसहित धनगढी स्टार्स पुछारमा छ ।

आज अर्को खेल सीवाईसी अत्तरिया र विराटनगर किंग्सबीच शुरु भएको छ ।

प्रकाशित मिति: १३:३७ बजे, सोमबार, फागुन ६, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्