चलाउनेमाथि आक्रमण गर्नेको मुद्दा फिर्ता रोकियो
सर्वोच्चका न्यायाधीश डा.मनोज कुमार शर्माको एकल इजलासले सरकारको निर्णय कार्यान्वयनमाथि रोक लगाएको हो।
काठमाडौं, असार ६ : सर्वोच्च अदालतले उपप्राध्यापक प्रेम चलाउनेमाथि सांघातिक आक्रमण गर्ने विद्यार्थी नेताहरुविरुद्धको मुद्दा फिर्ता लिने सरकारको निर्णयलाई अन्तरिम आदेशमार्फत रोक लगाएको छ।
सर्वोच्चका न्यायाधीश डा.मनोज कुमार शर्माको एकल इजलासले सरकारको निर्णय कार्यान्वयनमाथि रोक लगाएको हो।
उक्त आदेशसँगै मन्त्रिपरिषदको गत मंगलवारको मुद्दा फिर्ता लिने निर्णय तत्कालका लागि रोकिने भएको छ। मुद्दा फिर्ता प्ररकणमा सरकारसँग लिखित जवाफ समेत माग भएको छ।
मुद्दा फिर्ता लिने सरकारको निर्णय अवैध रहेको दाबी गर्दै रोक्न माग राखेर त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए।
समाजशास्त्र विभागका उपप्राध्यापक चलाउनेमाथि २० असोज २०७७ मा त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस परिसरमा आक्रमण गरी घाईते तुल्याइएको थियो।
सरकारले गरेको मुद्दा फिर्ताको निर्णय काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयमार्फत जिल्ला अदालत काठमाडौंमा पेश भएको छ।











