Kathmandu Press

विपद् व्यवस्थापनका लागि पूर्वतयारी प्रभावकारी बनाउन सरकारलाई निर्देशन

सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले विपद् जोखिम न्यूनीकरण प्रतिकार्य तथा व्यवस्थापनका लागि पूर्वतयारी, जोखिममा परेका व्यक्ति/परिवारको पुनःस्थापना र पुनःनिर्माण कार्य प्रभावकारी बनाउन सरकारलाई निर्देशन दिएको हो।
विपद् व्यवस्थापनका लागि पूर्वतयारी प्रभावकारी बनाउन सरकारलाई निर्देशन

काठमाडाैं, असार ७ : राष्ट्रियसभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिले विपद् जोखिम न्यूनीकरण प्रतिकार्य तथा व्यवस्थापनका लागि पूर्वतयारीलाई प्रभावकारी बनाउन सरकारलाई निर्देशन दिएको छ।

सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले विपद् जोखिम न्यूनीकरण प्रतिकार्य तथा व्यवस्थापनका लागि पूर्वतयारी, जोखिममा परेका व्यक्ति/परिवारको पुनःस्थापना र पुनःनिर्माण कार्य प्रभावकारी बनाउन सरकारलाई निर्देशन दिएको हो।

त्यस्तै बैठकले पूर्वी पहाडमा बाढीपहिरोले पुर्‍याएको क्षति आँकलन गरी राहत, पुनःस्थापना र पुनःनिर्माण कार्य प्रभावकारी बनाउन गृह मन्त्रालयलाई निर्देशन दिएको सभापति प्रकाश पन्थले जानकारी दिए। बैठकले यसअघि राष्ट्रिय आपतकालीन कार्य संचालन केन्द्रको सञ्चालन एवं व्यवस्थापन गर्न बसेको समितिको बैठकले गृह मन्त्रालयलाई दिएको निर्देशन कार्यान्वयनका लागि पुन निर्देशन दिने निर्णय गरिएको उनले बताए। 

बैठकमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मनसुन अवधिभरका लागि उद्धार र राहतकार्य तत्काल प्रभावकारी हुने गरी संयन्त्र तयार गरिएको जानकारी दिए। उनले विपद्का घटनामा तत्काल उद्धारकार्यका लागि तालिम प्राप्त जनशक्ति तयारी अवस्थामा रहनुका साथै कमाण्ड पोष्टसमेत गठन गरिएको समेत बताए।

विपदमा परेका नागरिकलाई तत्काल राहत उपलब्ध गराउन र व्यवस्थापन गर्न ११ स्थानमा मानवीय सहायता आपतकालीन भण्डारण खडा गरिएको र पाँच वटा मेसिन जडानसहित २७  डुङ्गाको व्यवस्थापन गरिएको उनले बताए।

उनले खोज तथा उद्धार सामग्री, एम्बुलेन्स, अग्नि नियन्त्रण, अग्निप्रतिरोधी कपडासहितको सामग्री खरिद गरी जिल्ला प्रशासन कार्यालय र स्थानीय तहलाई पठाइसकिएको बताए। जेठ ३१ गतेदेखि यता मनसुनजन्य विपदमा परी भोजपुर, नुवाकोट, संखुवासभा, ताप्लेजुङ, पाँचथर, तनहुँ र गोरखामा गरी १३ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ। 

प्रकाशित मिति: १६:०८ बजे, बिहीबार, असार ७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्