राष्ट्रपतिको स्वास्थ्य सामान्य हुँदै, चाँडै डिस्जार्जको तयारी
राष्ट्रपतिको सचिवालय स्रोतले दिएको जानकारी अनुसार अहिले राष्ट्रपतिको स्वास्थ्य अवस्था सामान्य हुँदै गएको छ।
काठमाडौं, असार ७ : मुटुमा समस्या उत्पन्न भएपछि महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएका राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थामा सुधार हुँदै गएको छ।
राष्ट्रपतिको सचिवालय स्रोतले दिएको जानकारी अनुसार अहिले राष्ट्रपतिको स्वास्थ्य अवस्था सामान्य हुँदै गएको छ।
पूर्ण स्वास्थ्य लाभ नगरुञ्जेल अस्पतालमै राखेर चिकित्सकले निगरानी गर्नेछन्। अझै एक दुई दिन अस्पतालमा राखेर चिकित्सकको निगरानीपछि डिस्चार्ज हुने जनाइएको छ।
राष्ट्रपति पौडेलको मुटुमा समस्या उत्पन्न भएपछि गत मंगलबार पेसमेकर राखिएको थियो।
प्रकाशित मिति: १४:२९ बजे, बिहीबार, असार ७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











