Kathmandu Press

हिन्दी फिल्म नरोक्न अल्पकालीन अन्तरिम आदेश

उच्च अदालत पाटनका न्यायाधीश धिरबहादुर चन्दको एकल इजलासले अल्पकालिन अन्तरिम आदेश जारी गर्दै रिट निवेदक र काठमाडौं महानगरपालिकालाई छलफलमा झिकाएको हो।
हिन्दी फिल्म नरोक्न अल्पकालीन अन्तरिम आदेश

काठमाडौं, असार ७ : उच्च अदालत पाटनले विहीबार भारतीय फिल्मको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।

उच्च अदालत पाटनका न्यायाधीश धिरबहादुर चन्दको एकल इजलासले अल्पकालिन अन्तरिम आदेश जारी गर्दै रिट निवेदक र काठमाडौं महानगरपालिकालाई छलफलमा झिकाएको हो।

अन्तरिम आदेशको छलफलका लागि दुबै पक्षलाई असार १२ गतेको पेशी तारिख दिइएको छ । भारतीय चलचित्र आदिपुरुषमा रहेको जानकी भारतीय छोरी हुन् भन्ने आशयको संवाद नहटाएको भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गत सोमबारदेखि काठमाडौं महानगरभित्र भारतीय चलचित्र प्रदर्शनमा रोक लगाएका थिए।

बालेनको उक्त निर्णयविरुद्ध चलचित्र संघले  अदालतमा रिट दिएको थियो। चलचित्र संघले मेयर बालेनको उक्त निर्णय गैरकानुनी रहेको बताउँदै रोक्न अन्तरिम आदेशको माग गरेको थियो।

हिन्दी चलचित्रमा रोक लगाउँदा फिल्म हल सञ्चालक मारमा परेको भनाई रिटमा छ। मेयर बालेन शाहले ‘आदिपुरुष’ मा समावेश ‘जानकी भारतकी छोरी हुन्’ भन्ने भ्रमपूर्ण संवाद नहटेसम्म हिन्दी फिल्म चल्न नदिने बताउँदै सोमबारदेखि हिन्दी फिल्म प्रदर्शन रोक लगाएका थिए।

अब अन्तरिम आदेशले निरन्तरता पाउने वा नपाउने बिषयमा असार १२ गते संयुक्त इजलासबाट टुंगो लाग्नेछ। उक्त प्ररकणमा उच्च अदालतले मेयर बालेनसँग लिखित कारण पेश गर्न पनि आदेश दिएको छ। 

प्रकाशित मिति: १४:२१ बजे, बिहीबार, असार ७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्