Kathmandu Press

‘हर्क र बालेनलाई रास्वपामा जोड्न सके राम्रो हुन्छ, समाजवादी मोर्चाले कुनै असर गर्दैन’

पार्टी स्थापना भएको एक वर्ष पुगेको अवसरमा पार्टी कार्यालय बालाजुमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले हर्क र बालेनलाई आफ्नो पार्टीमा जोड्न सके राम्रो हुने विश्वास व्यक्त गरे।
‘हर्क र बालेनलाई रास्वपामा जोड्न सके राम्रो हुन्छ, समाजवादी मोर्चाले कुनै असर गर्दैन’

काठमाडौं, असार ७ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह र धरान उपमहानगरका मेयर हर्क साम्पाङसँग आफ्नो राम्रो सम्बन्ध रहेको बताएका छन्।

पार्टी स्थापना भएको एक वर्ष पुगेको अवसरमा पार्टी कार्यालय बालाजुमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले हर्क र बालेनलाई आफ्नो पार्टीमा जोड्न सके राम्रो हुने विश्वास व्यक्त गरे।

‘हाम्रो चाहना छँदैछ। त्यो चाहनाअनुरुप उहाँहरुले पनि सोचिदिनुभयो भने हामी सय प्रतिशत सकारात्मक छौं। सम्बन्धका हिसाबमा पनि हाम्रो सौहार्दपूर्ण छ। उहाँको कामको निरन्तर रुपमा प्रशंसा गरेकै छु। चुनावदेखि राम्रा कामलाई समर्थन गर्दै आएको छु। त्यो आफैंमा एउटा राम्रो संकेत बन्न सक्यो भने हुन सक्यो भने हाम्रा लागि चाहिँ खुसीको कुरा हो ।’

सोही क्रममा लामिछानेले अहिले संगठन विस्तारमा पार्टी केन्द्रित रहेको बताए। लामिछानेले हालै बनेको समाजवादी मोर्चाले रास्वपालाई कुर्नै असर नगर्ने पनि बताए । दलहरुले गर्ने मोर्चालाई तनहुँ–१ को चुनावसँग तुलना गरेर हेर्न उनले आग्रह गरे। 

‘दलहरुले गठबन्धन चुनावमा गरेका होइनन् र? डा. स्वर्णिम वाग्ले लडेको निर्वाचन क्षेत्रमा गठबन्धन र मोर्चा भएको देख्नु भयो नि,’ उनले भने, ‘दलहरुका लागि त्यो नयाँ होला। हाम्रा लागि यो दलहरुको मोर्चा नयाँ होइन।’ मोर्चाबन्दी गर्ने भए नेपाली जनताको मुद्दामा मोर्चाबन्दी गर्नुपर्नेमा उनले जोड दिए।

प्रकाशित मिति: १२:४५ बजे, बिहीबार, असार ७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्