बाबुरामलाई मोर्चामा कहिल्यै देखिएन, उहाँ इच्छुक भए समेट्न तयार छाैं : उपेन्द्र यादव
बिहीबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै जसपाले मुलुकमा देखापरेका राष्ट्रिय समस्या समाधान गर्दै नेपाली विशेषताको समाजवाद निर्माण गर्न मोर्चा गठन गरिएको जनाएको हो।
काठमाडाैं, असार ७ : जनता समाजवादी पार्टीले विभेदरहित समाजको निर्माण गर्दै नेपाली विशेषताको समाजवाद निर्माण गर्न समाजवादी मोर्चा गठन गरिएको जनाएको छ।
बिहीबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै जसपाले मुलुकमा देखापरेका राष्ट्रिय समस्या समाधान गर्दै नेपाली विशेषताको समाजवाद निर्माण गर्न मोर्चा गठन गरिएको जनाएको हो।
पत्रकार सम्मेलनमा जसपाका अध्यक्ष उपेन्द्र यादवले घोषित साझा विषयमा सहकार्य गर्न मोर्चा गठन गरिएको भन्दै मोर्चामा रहेका दलहरुको अलगअलग अस्तित्व रहने जिकिर गरे।
उनले जसपाले आफ्ना एजेण्डा छाडेको भन्ने प्रचार गलत भएको र आफ्ना मुद्दाहरु थप बलियो ढंगले अघि बढाउने आधार तय भएको उल्लेख गरे।
त्यस्तै अध्यक्ष यादवले डा. बाबुराम भट्टराईलाई मोर्चामा कहिल्यै नदेखेको भन्दै इच्छुक भए समेट्न तयार रहेको उल्लेख गरे। उनले अहिलेको बजेट एकलौटी ढंगले गठबन्धनमा रहेका दलसँग छलफल नै नगरी ल्याइएको भन्दै सुधार गर्नुपर्ने बताए।
त्यस्तै यादवले राज्यले देशको ठूलो समूदायलाई नागरिकता बिहिन बनाएको र अहिले पनि त्यहि मानसिकता देखिएको जिकिर गरे। उनले नागरिकता सम्बन्धी कानुनलाई व्यवहारमा लागू गर्नुपर्ने र आफ्नै देशका नागरिकलाई नागरिकता नदिने असंवैधानिक काम गर्न नहुनेमा जोड दिए।











