Kathmandu Press

हिन्दी फिल्म विवादको रिटमा सुनुवाइ हुँदै 

हिन्दी चलचित्रको प्रदर्शन रोक्ने काठमाडौं महानगरपालिकाका मेयर शाहको निर्णयविरुद्ध नेपाल चलचित्र संघले बुधबार उच्च अदालतमा रिट दायर गरेको थियो।
हिन्दी फिल्म विवादको रिटमा सुनुवाइ हुँदै 

काठमाडौं, असार ७ : हिन्दी फिल्म चल्न रोक लगाउने काठमाडौं महानगरका मेयर बालदेन साहको निर्णयविरूद्ध दायर भएको रिटमा सुनुवाइको तयारी भएको छ। 

उक्त रिट उच्च अदालत पाटनका न्यायाधीश धीरबहादुर चन्दको इजलासमा ‘ज’ नम्वरमा परेको परेको छ। अब त्यसमाथिको एउटा मुद्दामा सुनुवाइ सकिएपछि उक्त रिटमा वहशको पालो आउनेछ।

हिन्दी चलचित्रको प्रदर्शन रोक्ने काठमाडौं महानगरपालिकाका मेयर शाहको निर्णयविरुद्ध नेपाल चलचित्र संघले बुधबार उच्च अदालतमा रिट दायर गरेको थियो।

हिन्दी चलचित्र आदिपुरुषको सीता भारतीय छोरी हुन् भन्ने आशयको संवाद नहटाएको भन्दै महानगरपालिकाभित्रका हलमा हिन्दी चलचित्र प्रदर्शनमा रोक लगाइएको हो। 

चलचित्र संघले बालेनको उक्त निर्णय गैरकानुनी रहेको बताउँदै रोक्न अन्तरिम आदेशको माग गरेको छ। हिन्दी चलचित्रमा रोक लगाउँदा फिल्म हल सञ्चालक मारमा परेको भनाइ रिटमा छ।

मेयर बालेन शाहले ‘आदिपुरुष’ मा समावेश ‘जानकी भारतकी छोरी हुन्’ भन्ने भ्रमपूर्ण संवाद नहटेसम्म हिन्दी फिल्म चल्न नदिने बताउँदै सोमबारदेखि हिन्दी फिल्म प्रदर्शन रोक लगाएका थिए।

प्रकाशित मिति: १३:०४ बजे, बिहीबार, असार ७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्