Kathmandu Press

नागरिकता विधेयक विवादमा अन्तरिम आदेशको निधो आजै

सर्वोच्च अदालतमा दायर भएको रिटमा न्यायाधीश डा.आनन्दमोहन भट्टराई र कुमार रेग्मीको संयुक्त इजलासमा सुनुवाइ भइरहेको छ।
नागरिकता विधेयक विवादमा अन्तरिम आदेशको निधो आजै

काठमाडौं, असार ७ : नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध परेको रिट निवेदनमा विहीबारै अन्तरिम आदेशको निर्क्याेल गर्ने तयारी भएको छ। 

सर्वोच्च अदालतमा दायर भएको रिटमा न्यायाधीश डा.आनन्दमोहन भट्टराई र कुमार रेग्मीको संयुक्त इजलासमा सुनुवाइ भइरहेको छ। इजलासले बहस गर्न ढिलोमा साढे चार सम्मको समय कानुनव्यवसायीका लागि छुट्टाएको छ।

सबै कानुनव्यवसायीको बहस सकिएपछि जवाफ दिन रिट निवेदकका कानुनव्यवसायीलाई थप आधा घण्टाको समय दिइएको छ । 

त्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरी होल्ड गरेको नागरिकता विधेयक नवनियुक्त राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेपछि कानुनी र वैधताको प्रश्न उठाउँदै वरिष्ठ अधिवक्ताद्वय बालकृष्ण न्यौपाने र डा.सुरेन्द्र भण्डारीद्वारा रिट दायर भएको थियो।

रिट निवेदक र विपक्षीको सुनुवाई सकिएपछि नागरिकता वितरण रोक्न यसअघि न्यायाधीश डा.मनोज शर्माको एकल इजलासबाट जारी भएको अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने बिषयको टुंगो लाग्नेछ।   

प्रकाशित मिति: १२:५० बजे, बिहीबार, असार ७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्