Kathmandu Press

बितेको एक वर्ष ऊर्जावान् रह्यो, अबको एक वर्षभित्र महाधिवेशन गर्छौं : रवि लामिछाने

पार्टी स्थापना भएको एक वर्ष पुगेको अवसरमा पार्टी कार्यालय बालाजुमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले एक वर्षभित्र महाधिवेशन गर्ने बताएका हुन्। 
बितेको एक वर्ष ऊर्जावान् रह्यो, अबको एक वर्षभित्र महाधिवेशन गर्छौं : रवि लामिछाने

काठमाडौं, असार ७ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले एक वर्षभित्र पार्टीको महाधिवेशन गर्ने बताएका छन्।

पार्टी स्थापना भएको एक वर्ष पुगेको अवसरमा पार्टी कार्यालय बालाजुमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले एक वर्षभित्र महाधिवेशन गर्ने बताएका हुन्। 

‘कुनै अप्ठ्यारो परिस्थिति सिर्जना नभए एक वर्षभित्र महाधिवेशन गर्छौं। संगठन विस्तारका धेरै कामहरु छन्। समय बाँकी छैन। प्राथमिकताका कुरालाई क्रमशः क्रम संख्यामा राखेर अगाडि बढ्छौं,’ उनले भने। विधि र विधानभन्दा बाहिर नगएर सम्पूर्ण कार्य गर्ने उनको भनाइ छ।

पार्टी स्थापनाको पहिलो वर्षमा जनताले रास्वपाले आशा र भरोसाका साथ हेरेको पाइएको पनि उनले बताए। एक वर्षको अवधि ऊर्जावान र सकारात्मक रहेको उनले बताए। समाजले परिवर्तन खोजेको छ भन्ने कुरा मतपत्रबाट जाहेर भइसकेको बताउँदै उनले भने,  ‘हाम्रो भाषामा भन्नुपर्दा समाज परिवर्तनको घण्टी बजिसकेको छ। पहिलो वर्ष सौहार्दपूर्ण रह्यो। सकारात्मक रूपमा हेरेका छौँ।’

पार्टी स्थापना दिवसका अवसरमा रास्वपाले धन्यवाद र क्षमा माग्ने निर्णय गरेको मिछानेले बताए। बिहीबार बसेको केन्द्रीय कमिटी र संसदीय दलको संयुक्त बैठकबाट धन्यवाद र क्षमा पनि माग्ने निर्णय भएको उनको भनाइ थियो। 

प्रकाशित मिति: १२:४३ बजे, बिहीबार, असार ७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्