Kathmandu Press

पूर्वबैंकर अनिल केशरी शाह रास्वपा प्रवेश

गत मंसिरमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमाले निकट देखिएका शाह रास्वपामा प्रवेश गरेका हुन् ।
पूर्वबैंकर अनिल केशरी शाह रास्वपा प्रवेश

काठमाडौं, असार ७ः पूर्वबैंकर अनिल केशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। 

पार्टी कार्यालय बालाजुमा अध्यक्ष रवि लामिछानेले उनलाई रास्वपामा स्वागत गरेको रास्वपाका सांसद् शिशिर खनालले जानकारी दिए । 

गत मंसिरमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमाले निकट देखिएका शाह रास्वपामा प्रवेश गरेका हुन् । घोषणापत्र सार्वजनिकपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग उनलाई डिबेट कार्यक्रम राखिएको थियो। त्यसैले उनी एमाले प्रवेश गर्ने आँकलन धेरैको थियो ।

नबिल बैंक र मेगा बैंकमा प्रमुख कार्यकारी अधिकृत (सिइओ) भएका थिए। शाह केहि समय अघिदेखि बैंकको जागिर छोडेर बसेका थिए।

केन्द्रीय सदस्य गणेश कार्कीले शाहलाई प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी दिइएको जानकारी दिएका छन् ।

प्रकाशित मिति: ११:५७ बजे, बिहीबार, असार ७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्