स्थापना दिवसको सन्दर्भमा रास्वपाको संयुक्त बैठक बस्दै

काठमाडाैं, असार ७ः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठक बसिरहेको छ ।
पार्टीको स्थापना दिवसको सन्दर्भमा आज वनस्थलीस्थित केन्द्रीय कार्यालयमा संयुक्त बैठक बसिरहेको पार्टीको केन्द्रीय सदस्य प्रतिभा रावलले जानकारी दिइन् । संयुक्त बैठकपछि पत्रकार सम्मेलन गर्ने कार्यक्रम रहेको छ ।
स्थापना दिवसका अवसरमा आज विभिन्न राजनीतिक दल तथा पदाधिकारीसँग छलफलको कार्यक्रमसमेत रहेको रावलले बताइन् ।
प्रकाशित मिति: १०:५४ बजे, बिहीबार, असार ७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











