Kathmandu Press

नेकपा (एस) को संसदीय दलको बैठक बस्दै, बजेटको असन्तुलनबारे छलफल हुने 

उनीहरूले पार्टी अध्यक्ष माधव कुमार नेपालसँगको छलफलमा सांसदहरूले बजेटको असन्तुलन नसच्याएसम्म मतदान नगर्ने चेतावनी दिएका छन् । 
नेकपा (एस) को संसदीय दलको बैठक बस्दै, बजेटको असन्तुलनबारे छलफल हुने 

काठमाडौं, असार ७ : सत्तारूढ नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजे बस्नेछ । 

नेकपा (एकीकृत समाजवादी) का सांसदहरूले बजेट विनियोजनको विषयमा असन्तुष्टि जनाउँदै आएका छन् । उनीहरूले पार्टी अध्यक्ष माधव कुमार नेपालसँगको छलफलमा सांसदहरूले बजेटको असन्तुलन नसच्याएसम्म मतदान नगर्ने चेतावनी दिएका छन् । 

सांसदहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्थमन्त्री डा. प्रकाशशरण महतलाई पनि आफूहरूको मागलाई बेवास्ता नगर्न चेतावनी दिएका छन् ।  

प्रकाशित मिति: ०७:४१ बजे, बिहीबार, असार ७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्