सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई पुरा गर्न एमाले अघि बढिरहेको छ : ओली
बुधबार पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा ओलीले देश बनाउने एकमात्रै पार्टी एमाले भएको भन्दै समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई पुरा गर्न अघि बढिरहेको जिकिर गरे।
काठमाडौं, असार ६ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई पुरा गर्न एमाले अघि बढिरहेको बताएका छन्।
बुधबार पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा ओलीले देश बनाउने एकमात्रै पार्टी एमाले भएको भन्दै समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई पुरा गर्न अघि बढिरहेको जिकिर गरे।
देशप्रति समर्पित पार्टी एमालेभित्र बेठिक मान्छे पनि हुन सक्ने भएपनि त्यस्ता मान्छेहरु आफै पतन भएर जाने र पार्टी झन मजबुद भएर अघि बढ्ने उहाले बताए।
उनले प्राकृतिक स्रोतको धनि राष्ट्र नेपाल गरिब हुनुपर्ने कारण नभएको भन्दै यस परिस्थीतिलाई बदल्नुपर्ने धारणा राखे।
कार्यक्रममा ओली कांग्रेस, नेकपा एकीकृत समाजवादी लगाएतका दलबाट आएका विभिन्न जिल्लाका नेता कार्यकर्तालाई एमाले प्रवेश गराउनुभएको थियो।
प्रकाशित मिति: १८:३५ बजे, बुधबार, असार ६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार