हिसान मेला खुलाउन उच्च अदालतको अन्तरिम आदेश
महानगरपालिकाका मेयर बालेन शाहको निर्देशनमा गएका नगर प्रहरीले मेला रोकेपछि निजी शैक्षिक संस्थाको साझा सञ्जाल (हिसान) ले आइतवार उच्च अदालतमा रिट दायर गरेको थियो।
काठमाडौं, असार ६ : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले बन्द गराएको हिसान शैक्षिक मेला नरोक्न उच्च अदालतले बुधवार अन्तरिम आदेश दिएको छ।
महानगरपालिकाका मेयर बालेन शाहको निर्देशनमा गएका नगर प्रहरीले मेला रोकेपछि निजी शैक्षिक संस्थाको साझा सञ्जाल (हिसान) ले आइतवार उच्च अदालतमा रिट दायर गरेको थियो।
रिटमा सुनुवाईपछि उच्च अदालत पाटनका न्यायाधीशद्वय टेकप्रसाद ढुंगाना र रमेश ढकालको संयुक्त इजलासले शैक्षिक मेला खुलाउन अन्तरिम आदेश दिएको हो।
शैक्षिक मेला रोकिएपछि १५ करोड रुपैयाँ क्षति भएको, विद्यार्थी, प्राज्ञिक वर्ग, अभिभावक सूसुचित हुने अधिकारबाट वञ्चित भएको, प्रहरी लगाएर गैरन्यायिक हस्तक्षेप गरिएको भनाई रिटमा थियो।
प्रकाशित मिति: १८:३० बजे, बुधबार, असार ६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार