जिल्ला न्यायाधीशले उठाएका सबालमा पूर्वन्यायाधीशको समर्थन
उक्त माग सम्बोधनका लागि न्यायपरिषदको ध्यानाकर्षण समेत गराइएको छ। बुधबार एक प्रेश विज्ञप्ति जारी गर्दै फोरमले जिल्ला न्यायाधीशको मागप्रति ऐक्यबद्धता जनाएको हो।
काठमाडौं, असार ६ : पूर्वन्यायाधीश फोरमले उच्च अदालतमा न्यायाधीश नियुक्तिका बिषयमा जिल्ला न्यायाधीशहरूले उठाएको मागलाई समर्थन गरेको छ। जिल्ला न्यायाधीशहरुको माग न्यायोचित रहेको भनाई फोरमको छ।
उक्त माग सम्बोधनका लागि न्यायपरिषदको ध्यानाकर्षण समेत गराइएको छ। बुधबार एक प्रेश विज्ञप्ति जारी गर्दै फोरमले जिल्ला न्यायाधीशको मागप्रति ऐक्यबद्धता जनाएको हो। जिल्ला अदालतका न्यायाधीशले आफुमाथि अन्याय भएको बताउँदै केही दिनअघि परिषदलाई ध्यानाकर्षण पत्र बुझाएका थिए।
फोरमले न्यायाधीशका माग सम्बोधन गर्न परिषदसँग आग्रह गरेको छ। यस्तै परिषद्ले न्यायाधीश नियुक्तिमा पारदर्शिता नदेखाएको भन्दै विज्ञप्तिमार्फत दुःख व्यक्त गरेको छ।
विज्ञप्तिमा भनिएको छ, ‘उच्च तथा सर्वोच्च अदालतका न्यायाधीशहरूको नियुक्तिको सिफारिस गर्ने एक मात्र निकाय न्याय परिषद् हो। यस परिषद्ले न्यायाधीशको नियुक्तिको सिफारिसमा पारदर्शिताको अभाव रही आग्रह तथा पूर्वाग्रह राखी राम्राभन्दा हाम्रा मान्छेलाई प्रश्रय दिने गरेको भन्ने सर्वसाधारणमा गुनासाहरू व्याप्त छन् भन्ने सुनिन्छ।’
फोरमले बजेटमार्फत जिल्ला निर्वाचन कार्यालयहरूलाई जिल्ला प्रशासन कार्यालयको शाखाका रूपमा रूपान्तरण गर्ने विषयमा समेत आपत्ति जनाएको छ। सरकारको उक्त निर्णयले स्वतन्त्र र निष्पक्ष निर्वाचनमा असर गर्ने ठहर पूर्व न्यायाधीश फोरमको छ।













